मेरो माया बसेको गाउँमा, बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा।
मेरो माया बसेको गाउँमा, बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा।
ठुलिकान्छिको कम्मर हल्लाइ देख्दा यस्तो लग्थ्यो कि, महाकालिले उनिलाइ बिशेष शक्तिनै दिएकि छिन्।
निकै बेरको कम्मर मर्काइपछि असिन र पसिन हुँदै भिडबाट बाहिर निक्लिन र मुख धोइन्। तौलियाले मुख पुछेर २ गिलास स्प्राइट घटघटि बनाइन्। सायद उनलाइ थाहा थिएन होला, म उनलाइ निकै बेर अगाडिदेखि नियालिरहेको छु।
मोबाइल निकालेर फोन गरें, भिडबाट अलि बाहिर आएर।
हेलो!
सारै राम्रो नाच्दिरैछौ त?
कसरि थाहा पायौ र फेरि?
चिसो स्प्राइट खाँदा हतार गर्नुहुन्न नि, मैले उनको प्रस्नलाइ नसुनेझैं गरें।
सायद उनले देखिछिन क्यारे, लजाउँदै भिडबाट उठेर आइन।
केटि मान्छे र आइमाइहरु जम्मा भएर नाचेको ठाउँमा, के गरिराका छौ? लाज पनि नलाग्ने। सुरुमै शब्दरुपि बाण हान्छे क्या यो नक्कलि।
हामिले नहेर्दे तिमिहरुलाइ जाँगर पनि कहाँबाट आउँदो हो र? फेरि तिमिले नाचेको हेर्दैमा, तिमिलाइनै लगेको त हैन नि, मैले असन्तुस्टि प्रकट गरें।
हिम्मत भए पो लैजान्थ्योउ र, यसपालि चाहिँ अलि बेसरि नै हानि गाँठे डाइलग पनि। आफ्नो मर्दाङ्गिमै प्रस्न उठ्यो। अब के गर्ने कसो गर्ने, धर्म सङ्कटपो उब्ज्यो त।
त्यो हिम्मत पनि छ म सङ्ग। तर...
तर के?
पैसोको मामला अलि नाजुक छ क्या अहिले। १ वर्ष जति कुर्ने भए, झ्याइं पार्छु नि, म अलि लजाए जस्तो गरें।
तिमिलाइ कुरें भने म बुडिकन्या हुन्छु कि जस्तो लाग्छ घरि घरि त, मनको तितो ओकलिन उनले।
क्षत्रिको छोरोले कहिल्यै झुटो बोल्न जानेको छैन, तमिलाइ हम्रा चिलिञ भया हुन्, छाति चौडा पारें, शरिरमा हनुमानजिकै शक्ति आएको अनुभव भयो।
भिडबाट कसैले उनलाइ बोलायोः ठुलि, तिम्रो पालो आयो नाच्ने, आउ।
ला, ममिले बोलाउनु भयो, म जान्छु है, उनि हतारिइन्।
हुनेवाला सासुआमालाइ मेरो दर्शन सुनाइदेउ ल, उत्साहित स्वरमा भनें।
एकपटक आँखाको सन्को र चिउँडो अलि माथि लगेर हस को शैलिमा इशारा गरिन्। मनै चन्चल भएर आयो। घर फर्किने बेला भैसकेको थियो। बाटो लाग्दै गर्दा पछाडि ठुलिकान्छि नाचेको गाना घन्किरहेको थियोः
जहिल्यै मलाइ कुराइ राख्ने,
यो जवानि कतिञेल हो साँच्ने?
Comments
Post a Comment