Posts

Showing posts from June, 2019

कालिः एक सुन्दर सपना

Image
झिसमिसे बढ्दै अँधेरि रातले छिटो छिटो फड्को मारिरहेको थियो। झ्याउँकिरिहरुको एकनासको आवाजले वातावरण शान्त बन्न पाइरहेको थिएन ​ । हर्के दाइ ले  तल बेशिबाट ल्याएको एकभारि घाँस पिंढिमा ह्वात्त फाले र खुइए गर्दै नजिकै झुन्ड्याएर राखेको शर्मिला भाउजुको धोतिको एक छेउले पसिना पुछे। भैंसिले हर्के दाइको आगमन अनि बेसिको खस्रेतो घाँसको छनक पाएरै होला , दाम्लो नै छिनाउला गरि उफ्रिन थाल्छ। आइँ , आइँ… ल ल ​, अब धेरै नकराउ , हर्के दाइले एक अँगालो खस्रेतो घाँस लगेर कालि माउको अगाडि फाले। कालि आफ्नो नवजात शिशुलाइ पुलुक्क हेर्छे , सायद उसलाइ पनि घाँस ख्वाउन सिकाउँदै होलि अनि आफ्नो पेट भर्न थाल्छे। कालिलाइ हर्केदाइ खुबै स्याहार सुसार गर्छन्। मिठा मिठा घाँस खोजेर ल्याउने , ढाड कन्याइदिने , बेला बेला नुहाइदिने यस्तै यस्तै। र त पहिलो बेतमै छाके पाथि भाकि थि कालि पनि। एउटा गज्जबको सँयोग थियो , भैंसि स्याहार्नुको फाइदामा। शर्मिला भाउजु दुइ जिउकि छिन्। घरमा छाके पाथि दुध दिने