Posts

Showing posts from October, 2018

अमरबोटे बाजे र नाउरि दोभान

Image
घुमन्ते दैनिकिको सिलसिलामा अकसर म ति बाजेकोमा बास बस्न पुगिरहन्थें। बाजेलाइ म आउँदै छु है, केहि पाहुनाहरु लिएर भनेर फोन गर्थें, जानुभन्दा अघि। उहाँको तँगारोमा पुग्दा झ्याउँकिरिहरुले झमक्कै साँझ परेको जानकारि दिन्थे। तै पनि बाजेका ७० बर्षे आँखा हामि आउने बाटोम अटक अविचलित मुद्रामा केन्द्रित भइरहेका हुन्थे। बाजे निकै मिजासिला र सरल दैनिकिको हुनुहुन्छ​। उहाँको २ छोरि अनि १ छोराको बिहे भइसकेको छ र अब १ छोरोको बिहे गर्न बाँकि छ​, जो कतारको राजधानि दोहामा विगत ३ वर्षदेखि कामको सिलसिलामा छन्। बेला बेला फोन गर्ने, कहिले के कहिले के उपहारहरु बाजेलाइ पठाइरह​दो रहेछ​। बाजेले आफ्नो कान्छो छोरोको फोटो देखाउँदै हामिलाइ भन्नुभ​एको। तर के गर्नु बाबु, आजकालका केटाकेटिहरु गाउँमै बस्दैनन्, अझ गाउँमा मात्रै कहाँ हो र​, देशमै बस्दैनन्। बाजे एकाएक खिन्न देखिनुभो। बुढेसकालको साहारा त कता हो कता मर्ने बेला हामिलाइ बोकेर जलाउन पनि कसलेपो लगिदेला, बाजे अमिल्लिनुभो। ए शम्भुको बा, अब ज्याट ज्याइ पर्ले, छिट्टो रानि, बज्यैले मगर भाषाबाटै हामिलाइ लिएर आउन बाजेलाइ भन्नुभयो। भान्छामा छिर्नै नसकिने धुवाँको म

भयो ठुला कुरा नगर​...

Image
भयो ठुला कुरा नगर तिमि सत्यता नभ​एका बाणिहरुको कुनै तुक छैन। तिमि देखाउँछौ ठुला ठुला सपनाहरु केहि वर्षपछि पक्कै ति अत्यावस्यक होलान्, तर अहिले.....???? तिमि दुइतिहाइको दम्भमै रुमल्लिरहेका छौ, सानातिना समस्याहरुलाइ तिम्रा दुइवटा बल्ढ्याङ्राहरुले देख्नै सक्दैनन कति नाजुक बन्दै गइसकेको छ सामाजिक परिस्थिति, तर पनि तिम्रा घैंटाहरुमा घाम कहिल्यै लाग्दैनन्। तिमि शान्ति र सम्ब्रिद्दिको नारा फुक्छौ, लाजै नमानि एशियाकै पहिलो देश भनि भुक्छौ, आज तिम्रै छोरि चेलि सुरक्षाको भिख माग्दै अलाप विलाप गरिरहेछन्, तिमि तिनै असहायहरुमाथि अरिङ्गाल बनि टोक्छौ। सहर फोहोर र प्रदुषणले ग्रस्त हुँदै गर्दा, तिमि मोनोरेलको सपना बाँड्छौ, धुलै धुलोले भरिएको आँखाले के सपना देख्न सक्ला र​ अनि तिमि सपनाको कुरा गर्छौ। सोध त तिम्रा एजेन्डाको झन्डा बोक्नेहरुलाइ, आज कति लाजैमर्नु भ​एको छ उनिहरुलाइ, नबोलुँ, कति अन्धोजस्तो भ​एर बस्नु, कति अमुकपनमा रमाउनु, बोलुँ, तिमिलेनै भनेका छौ, अरुमाथि अरिङ्गाल बनेर जाइलाग्नु। अब त ब्युँझ कुम्भकर्णको निदबाट, हामिलाइ राम्रो सडक चाहिएको छ​, सफा खानेपानि चाहिएको छ​, पेट्रोल

दशैंमा जखमले खसिको मायालुलाइ पत्र​

Image
मेरि प्यारि लाम्कानि माउ, हत्या गरिँदै गरेको तिम्रो पतिको तर्फबाट अन्तिम सम्झना। करिब २ महिना अगाडितिर म निकै खुसि थिएँ। मेरि परान प्यारिको काख​, जता गएपनि हामि कहिल्यै छुट्टिने थिएनौ। अर्काकै घरमा भ​एपनि हामिलाइ आफ्नोपन सधैं मिलिरह्यो। मान्छेहरु आउँथे, सुम्सुम्याउँथे। दैनिक अर्चलेभिरमा चराउन लगिन्थ्यो। आहा, कति मिठा अर्चलका पातहरु,अनि त्यस्तै मिठा मसिना दानाहरु। म आफु नखाएर पनि तिमिलाइ ख्वाउन पाउँदा, कति प्रफुल्ल हुन्थ्यो मेरो मन​। तिमिले थाहा नै पाएनौ, म कतिखेर बेचिएँ। २।४ जना नौला मान्छेहरु हामि चरिरहेको ठाउँमा आउँदै गरेको देखेको थिएँ। तिमि कोल्टो पाखोमा चरिरहँदा मेरो मालिकले मलाइ गर्दनमा समातेर उनिहरुको जिम्मा लगाइदिए। एकपटक तिम्रो मुख हेर्न पनि पाइन​, बिदा माग्न त परैको कुरा। बिन्ति त धेरै गरें, हिंड्नै मानिन​। तर बनमासका सिम्किनाहरु निरन्तर बर्सिएपछि म सङ्ग अन्य बिकल्पनै रहेन। त्यसपछि नयाँ घरमा लगियो। खोर नयाँ, साथि नयाँ, मालिक नयाँ। तिमि थिएनौ वरिपरि। निद्रै लागेन धेरै दिन​। बिस्तारै बानि पर्यो। १ महिना अघिदेखि म अलि विशेष हुन थालें, खै किन