Posts

Showing posts from May, 2018

एउटि अपरिचित

ढोकामा आएको ढक ढक आवाजले झसङ्ग भएँ। ह्या यति बेला कसले ढक ढक गर्या होला? थाहा नपाएझैं गरिदिन्छु। फेरि ढक ढक आवाज आयो। सिरकभित्र रहेको मुख बाहिर निकालें, को हो हँ? एउटा आवाज आयोः तपाइँको पार्सल आको छ, तेहि दिन आएको। माफ गर्नुस म भोलि अन्तै जानुपर्ने भ​एकोले आजै तपाइँको पार्सल दिएरै जाउँ भन्ने लागेर आएको। कसले पठाएको हो? खै पठाउनेको नाम क्लियर छैन​, पाउनेमा तपाइँको छ​। एकछिन पछि सोचें, हैन को रैछ यो पार्सल ल्याउने, फेरि कसले पठाएको रहेछ? यसो घडि हेरेँ, रातको १२ बजेको छ। फेरि झसङ्ग भएं। झन्डै तर्सिएको। ए तर्सिसकेको हो क्यारे। डराइ डराइ ढोका खोलें। यसो हेरें, भुइँमा एउटा पार्सल रहेछ। ल्याउने मान्छे नै छैन​। हैन म सपनामा त छैन​? चिमोटें, ऐआ॥बिपना नै हो। हत्त न पत्त भित्र पसेर चुकुल लगाएं। डराइ डराइ पार्सल खोलेँ। नमस्ते तपाइँले मलाइ चिन्नु त हुन्न होला, तर म तपाइँलाइ चिन्छु। छक्क नपर्नुस्, तपाइँलाइ सरप्राइज दिँदैछु। भोलि सङ्गै कफि पिउँला नि है? तपाइँको कफि लोकेसन मलाइ थाहा छ। -Unknown हैन यो के भैराछ? कसले मलाइ ब्ल्याकमेल गरिराछ? सङ्गै अर्को एउटा राम्रो गिफ्ट पनि रह

प्रिय २०७४

ठिकै छ। ठस्स पर्दै उनले भनिन्। हेरौला म पनि मैले जत्तिकै माया गर्ने को भेट्टाउँछौ। ठुलो सुटकेसमा सामान प्याक गर्दै यति भन्न भ्याइन। जाँदै छु तिम्रो जिन्दगिबाट, अब तिमिलाइ कहिल्यै पनि तङ गर्ने छैन​। तर एउटा कुरा याद राख, धेरै गर्न नसकेपनि मैले तिमिलाइ तिम्रो जिन्दगिको उदेस्य बुझाएकि छु। तिमिलाइ मायाको आभास गर्न सघाएकि छु। अफ्ठ्यारा परिस्थितिसङ्ग पौंठेजोरि खेल्न बताएकि छु। सङघर्षको मैदानमा टिक्न सुझाएकि छु। खै किन हो उनका गुम्सिएका अन्तरमन यसै यसै छताछुल्लभैरहेको थियो। यो शुन्य समय हो सायद, खै के बोल्नु। बोल्ने कुरै केहि छैन​। म बडो असमञस्यतामा परें। आखिर उनले आफ्नो सामानहरु प्याक गरिसकिन्। ढोकाबाट सुट्केस गुडाउंदै गर्दा टक्क रोकिइन। मलिनो अनुहार थियो उनको। पछाडि फर्केर हेरिन्। आँशुले भरिएको उनको आँखामा मैले आँखा जुधाउने हिम्मत गर्न सकिन​। खै के सोचिन कुनि, फेरि एकै निमेसमा आएर गर्लम्म अङ्गालो हालिन्। अब तिमि सङ्ग मेरो कुनै गुनासो रहने छैन​। म जानु पर्छ। १२ बजेको फ्लाइट छ। अरुको बाहिर देखिने जिन्दगिलाइ हेरेर आफु दुखि हुने काम नगर्नु। बरु, सफलताको लागि सङघर्ष गर्नु। तिमिसङ

आमाको मुख हेर्ने दिन

मुख धुन जाँदा उसले पल्लो कोठामा Happy Mothers Day भनेर फोनमा कुरा गरेको सुन्यो। ला, आज त आमा ख्वाउने (आमाको मुख हेर्ने दिन) पो हो त। मुखै नधोइ हत्त न पत्त आएर मोबाइलमा वाइफाइ अन गर्यो र फेसबुक खोल्यो। थुइक्क झन अरुले भन्दा अगाडि आमाको फोटो राखेर Happy Mothers Day पोस्ट गरौंला भनेको। एक्लै भुत्भुतायो। ठिकै छ, आठ त बजेको रहेछ नि। अहिले गर्छु। ओहो, सुरु पो कसरि गर्ने होला? हैन​, राजुले कसरि लेखेको छ हेर्न पर्यो। ए, ए। बल्ल आइडिया आयो। उसले पनि तेसै गरि लेख्न सुरु गर्यो। "आज आम ाको मुख हेर्ने दिन, मलाइ जन्म दिएर उचित लालन पालन सहित यहाँसम्म आइपुग्न कति कष्ट सह्योउ होला। सधैंभरि तिम्रो छत्रछायाँमा रहन पाउँ। तिम्रो सुख दुखमा साथ दिन सकुँ। You are my best mother in the world. I love you mom. I miss you mom. My hero. My inspiration. You are my everything." एलिने को फेसबुकको अङ्ग्रेजि स्टाटस पनि कपि गर्न भ्यायो, उसले। अब आमाको ३-४ वटा फोटोहरु राख्न पर्यो अनि अस्तिनै आमाको नामबाट आँफैले बनाएको फेसबुक आइडिमा ट्याग गर्नुपर्यो, उसले विचार गर्यो। मोबाइलको Gallery मा गएर आमासङ्ग

तिमि र म

बाबा, मलाइ त्यो बाक्सा यता दिस्यो न​, सुनिताले एउटा रातो भाँडोलाइ देखाउँदै भनिन। साँचि, हजुर त अझै तयार हुनुभाछैन नि? लौ न​, अबेला हुन लागिसक्यो। ठिकै छ नि, पहिला तिमि तयार हौ न​। म नुहाएर आउँछु। हजुरको त बानि नै यस्तै। उनि अलि रिसाएको जस्तो गरिन्। कहिं जाने भन्यो, कि नुहाउन जानु पर्ने, कि कपाल काट्न​। बिहानै गर्न सकिन्थ्यो नि तेति त​, आइ स्याडो अलि गाढा बनाउँदै भनिन्। ओके, म छिट्टै सकाउँछु। तिमि पनि छिटो गर​। नुहाएर फर्किंदा उनि ओठ रातो पार्दै थीन्। भएन​? अब भयो। हजुर पनि कपडा लाइस्यो न​। जन्तिहरु आइसके होलान्। अघिनै बाजा बजेको सुनेकि थिएँ, सारिको फेरो मिलाउँदै भनिन्। म दराजबाट कोट पाइन्ट निकालेर लगाउन थाल्छु। स्यान्डो लगाएँ, सेतो सर्ट झिकें, कालो कोट र पाइन्ट पनि निकालें। लगभग पाँच मिनेटपछि अलि अलि घस्ने काम पनि सकाएँ। पर्फ्युम छर्केर पनि सकेँ। जुत्तामा पोलिस गरें। उनि नङमा पोलिस गर्दै थिन सायद॥ ल जाम, मैले भनें। ल ५ मेनेट पख्नु है। म बाहिर निक्लेर हेरें, जन्तिहरु धमाका गरिरहेका थिए, बडो नाचगानले। लौ न​, जन्तिले धमाका गरिराका छन्, छिटो गर न​। करिव १० मिनेटपछि मैले

भुँडिलालको डायरि

Image
आज मलाइ अलि हतारो छ। जहिल्यै कामले उतिसारो जमघटमा समय दिन नभ्याउने म एकजना साथिकि छोरिको बिहेमा , नगइ सुखै छैन ​ । छोराको भए त हुन्थ्यो , छोरिको बिहेमा नजान अलि नसुहाउने रहेछ।   कपडा फेर्दा स्यान्डोले भुँडिलाइ धान्न मुस्किल परेको अनुभव भयो। मनमनै भने , यो लादिलाइ च्वाट्ट काटेर फाल्न पाए कति आनन्द आउँथ्यो होला। छोरिले पनि देखिहालिछ ​, " बाबा , हजुर प्रेगनेन्ट जस्तो देखिनु भो, छ्या " भनेर भनि। श्रिमतिले पनि भनिन " लौन हजुर , अब त कसै गरेर पनि त्यो भुँडि घटाउन पर्यो , हेरिस्यो त ​, छोरिले पनि जिस्काकि " । हैन ​, तिमिलाइ त थाहा नै छ नि , म यो कुराले कति दुखि छु। सबैले जहिल्यै भुँडि ठुलो भो भनेर भन्दा निकै गिरेको अनुभव हुन्छ ​ । तर के गर्नु , कति गर्दा पनि हुन्न ​ । ४ वर्षजति अघि एकपटक डाक्टरकोमा गएको पनि हो। प्रेसर, सुगर, फ्याट र अरु के के पो रिपोर्ट आयो। डाक्टरले अलि डराइदिनुभो "अब तपाइँले मुख बार्नुपर्छ। धेरै चिल्लो, पिरो, मसला हालेको खानेकुरा, मा