भुँडिलालको डायरि
आज मलाइ अलि
हतारो छ। जहिल्यै
कामले उतिसारो जमघटमा
समय दिन नभ्याउने
म एकजना साथिकि
छोरिको बिहेमा, नगइ सुखै
छैन। छोराको
भए त हुन्थ्यो,
छोरिको बिहेमा नजान अलि
नसुहाउने रहेछ।
कपडा
फेर्दा स्यान्डोले भुँडिलाइ धान्न
मुस्किल परेको अनुभव भयो।
मनमनै भने, यो
लादिलाइ च्वाट्ट काटेर फाल्न
पाए कति आनन्द
आउँथ्यो होला। छोरिले पनि
देखिहालिछ, "बाबा, हजुर प्रेगनेन्ट
जस्तो देखिनु भो, छ्या" भनेर भनि।
श्रिमतिले पनि भनिन
"लौन हजुर, अब त
कसै गरेर पनि
त्यो भुँडि घटाउन
पर्यो, हेरिस्यो त, छोरिले
पनि जिस्काकि"।
हैन,
तिमिलाइ त थाहा
नै छ नि,
म यो कुराले
कति दुखि छु।
सबैले जहिल्यै भुँडि
ठुलो भो भनेर
भन्दा निकै गिरेको
अनुभव हुन्छ।
तर के गर्नु,
कति गर्दा पनि
हुन्न।
४
वर्षजति अघि एकपटक डाक्टरकोमा गएको पनि हो। प्रेसर, सुगर, फ्याट र अरु के के पो रिपोर्ट
आयो। डाक्टरले अलि डराइदिनुभो "अब तपाइँले मुख बार्नुपर्छ। धेरै चिल्लो, पिरो,
मसला हालेको खानेकुरा, मासु, बियर खान छोडेर, हरिया सागपात, फलफुल जस्ता कुरामा बल
गर्नुस्। योगा गर्नुस्, मेडिटेसन गर्नुस्, बिहान सबेरै उठेर दौडिने गर्नुस्। नत्र बुढेसकाल
हस्पिटलमा बित्छ। बाँकि त तपाइँ जत्तिको मान्छेले बुझिहाल्नु हुन्छ।"
अलि दिन त छोडेकै पनि
हो। तर १ हप्ता छोडें भने, अर्को हप्ता तेस्को असुल हुनेगरि खाने। खै कसैगरि पनि छोड्न
सकिएन। कम्ता बेइज्जत भाको छैन, यो भुँडिले, अर्कोतिर रोगको भारि थपिँदो छ। खुईईईईअ
आजको पार्टिमा चैं
जसरि पनि कन्ट्रोल गर्छु, मनमनै प्रण गरें। कपडा लगाएर बाहिर जुत्ता लगाउन खोजें, तेहि
भुँडि अगाडि। अलि भर्याङ्जस्तो ठाउँमा गएर लगाएँ। अरु बेला बाइक चड्ने दुरि, आज हिँडेरै
जान्छु भनेर हिँड्न थालेँ। करिब आधा घन्टामा पार्टि प्यालेस पुगेँ। मोहनजिले देखेछन्,
सोधिहाले, हिँडेरै?
अलि अफ्ठ्यारो लागेर
भनें, हैन, अलि पर नै ट्याक्सिबाट झरेर आको। उनले पत्त्याए।
बिहेमा पारिवारिक फोटो
खिच्ने बेला भएको रहेछ। रेशम (मेरो साथिको छोरो) ले, अँकल पनि आउनु न भनेर बोलायो।
एउटा छेउमा उभिएँ। "अरु ठिकै छ, अँकलले भुँडिलाइ अलि भित्र तान्नु परो",
सबैको अगाडि प्वाक्क बोल्यो डाम्ना। सबैजना, गलललल हाँसे। आँफु त केबल रातो पिरो हुनुको
विकल्प नै थिएन।
अब स्न्याक्सको पालो आयो।
भटाभट चिकेन रोस्ट,
फिस फ्राइ, चिकेन
यो, चिकेन त्यो,
के के के
के। हातले रोस्ट
समातिसकेको थियो, डाक्टरको चेतावनि,
छोरिले र अरु
सथिभाइले जिस्क्याको सम्झना आयो।
हत्त न पत्त
छोडें। अब के
खाने? आलु आयो,
मसरुम आयो, चिजबल
आयो। आयो पनि
खाइयो पनि। तर
अहँ भएन।
जिब्रोले हड्ताल नै गर्न
थाल्यो। अर्को राउन्डमा एउटा
रोस्ट निकालें, अर्कोपटक
२, पछि ३
गर्दै, रोस्ट बजाइयो। जे
पर्ला पर्ला, आज
खान्छु, भोलि बाट
खान्न।
आफुले आफैलाइ स्विक्रिति दिइयो।
अब त आज
खुल्ला। पछि बियर
पनि हानियो। डाक्टरको
चेतावनि, अरुले जिस्क्याएका कुरा
घाममा सुकाइयो। पछि
खानामा पनि मटन
र चिकेनलाइ नै
बल गरियो।
अब लगभग भुँडिमा ठाउँ
सकियो। घाँटि सम्मै आएको छ ए गाँठे। साथिसङ्ग बिदा मागें, उसले आएकोमा धन्यबाद भन्यो। जान भनेर ढोकामा पुगेको, अलि पर आइसक्रिम
पानिपुरि पनि रहेछ, पार्टिकै अफर। अब के गर्ने होला? भुँडि फुल भाको छ।
पिशाव लागेको जस्तो भो।
पिशाव फेरेपछि त
घाँटिनेर अलिकति ठाउँ खालि
भएको अनुभव
भयो। ल ठिक
छ। पहिला
गएर पानि पुरि
खाइयो, आधा प्लेट,
अनि आइसक्रिम। अब
त पेट पड्केला
जस्तै पो भो
त। पार्टि प्यालेसबाट
बाहिर निक्लेको मात्रै
के थिएँ, भुँडि
घोचेर पाइला चाल्नै
नसक्ने भएँ।
ट्याक्सि लिएर घर
गएँ। जसोतसो भित्र
छिरेँ। खाटमा डङ्रङअ लडेँ।
सुतेरै दराजको ऐनामा हेरें,
आफ्नो भुँडि देखेर
आफै तर्सें। अब
भने डाक्टर, साथिभाइ
सबैका कुरा दिमागमा
खेल्न थाल्यो।
श्रिमति आइन्, बिहेको बारेमा
सोधिन्। सबै राम्रो
रहेको भनें। अनि
खानामा कन्ट्रोल गर्छु भन्नु
भा थ्यो, मासु
बियर खानु भएन
होला नि, उनले सोधिन्।
"मासु
खाइन, बियर चाहिं
लास्टचोटि भनेर खाको"।
आखिर बियर त
गन्धबाट नै थाहा
भैहाल्छ। श्रिमति
अलिकति भने पनि
मक्ख भइन्।
बेलुका सुत्ने बेलामा अबदेखि
माछा मासु, बियर
रक्सि छाड्ने अर्को
कसम खाएँ। भुँडि
छाम्न डर लागेर
कोल्टे परेर निदाउन
खोजें।
जय भुँडि ।
excellent way of presentation.Great
ReplyDelete