तिमि र म
बाबा, मलाइ त्यो बाक्सा यता दिस्यो न, सुनिताले एउटा रातो भाँडोलाइ देखाउँदै भनिन। साँचि, हजुर त अझै तयार हुनुभाछैन नि? लौ न, अबेला हुन लागिसक्यो।
ठिकै छ नि, पहिला तिमि तयार हौ न। म नुहाएर आउँछु।
हजुरको त बानि नै यस्तै। उनि अलि रिसाएको जस्तो गरिन्। कहिं जाने भन्यो, कि नुहाउन जानु पर्ने, कि कपाल काट्न। बिहानै गर्न सकिन्थ्यो नि तेति त, आइ स्याडो अलि गाढा बनाउँदै भनिन्।
ओके, म छिट्टै सकाउँछु। तिमि पनि छिटो गर।
नुहाएर फर्किंदा उनि ओठ रातो पार्दै थीन्। भएन?
अब भयो। हजुर पनि कपडा लाइस्यो न। जन्तिहरु आइसके होलान्। अघिनै बाजा बजेको सुनेकि थिएँ, सारिको फेरो मिलाउँदै भनिन्।
म दराजबाट कोट पाइन्ट निकालेर लगाउन थाल्छु। स्यान्डो लगाएँ, सेतो सर्ट झिकें, कालो कोट र पाइन्ट पनि निकालें।
लगभग पाँच मिनेटपछि अलि अलि घस्ने काम पनि सकाएँ। पर्फ्युम छर्केर पनि सकेँ। जुत्तामा पोलिस गरें। उनि नङमा पोलिस गर्दै थिन सायद॥
ल जाम, मैले भनें। ल ५ मेनेट पख्नु है। म बाहिर निक्लेर हेरें, जन्तिहरु धमाका गरिरहेका थिए, बडो नाचगानले।
लौ न, जन्तिले धमाका गरिराका छन्, छिटो गर न। करिव १० मिनेटपछि मैले भनें।
ल ५ मिनेट है। अर्को ५ मिनेटको समय थप भयो।
करिव ६ चोटि समय थप भएपछि उनि बल्ल बाहिर निक्लिन्। ढोकाबाट निक्लिँदै गर्दा छड्के तिलहरि हेरिन्, लौ न यो त छोपिएको पो रै छ। घाँटिनेर पुर्याएर उनले लामो सास फेरिन्, बल्ल भो। जाम।
अरु कुरामा समानता खोज्नेले तयारिमा पनि समानता गर्न सिक्नु नि। नभनुँ भन्दा भन्दै फुत्त निक्लियो मुख बाट।
How sweet of you. भो छाडिदिस्यो यस्ता कुरा, अलि छिटो जाम्।
बाजा र नाच निरन्तर चलिरहेको थियो।
Comments
Post a Comment