Posts

Showing posts from 2020

के अब म मरेपछि स्वर्ग जान्छु त​?

Image
के अब म मरेपछि स्वर्ग जान्छु त​? नुहाएर चिसो भ ​ एको ज्यानलाइ घाममा तताउँदै सोधिन्। मुक्तिनाथमा नुहाएपछिको विश्वास यहि छ​।   म कामना गर्दछु कि तिम्रो मृत्युपछि स्वर्गकै बास​ होस्, मैले हाँसो मिस्रित जवाफ दिएँ। तिमिले पनि स्वर्गको टिकट बुक गरेउ त? उनले मलाइ पुन​: प्रश्न​ गरिन्। खासमा उनले मलाइ नुहाएका छौ कि नाइ भनेर सोधेकि थिइन्। छैन​, सायद कुनै अर्को यात्रामा बुक गर्नुपर्ला, मैले कुरा टारें। मुक्तिनाथ मन्दिरको दर्शनपछि हामि निकै सुन्दर नागबेलि सडक हुँदै कागबेनिमाथिको डाँडामा आइपुग्दा त्यो मनै लोभ्याउने वातावरण अनि सुपर हाइवे, केहि समय नरोकि अगाडि बढ्ने कुनै प्रश्नै आएन​​। झरेर फोटो खिच्दै गर्दा हावाले झन्डै उँडाएको। हामि कागबेनितर्फ अगाडि बढ्यौं​। दुइ नदिको सङ्गममा अवस्थित सुन्दर कागबेनि धार्मिक हिसाबले निकै महत्वपुर्ण थलो हो। आफ्नो बाबु आमा बितेकाहरु यहाँ विशेष अवसरमा श्राद्द गर्न जान्छन्। यो उपल्लो मुस्ताङ्गको प्रवेशद्वार पनि हो।  कागबेनि कटेर कालिगन्डकि उपत्यकातर्फ अगाडि बढ्दै गर्दा उनले भनिन्, तिमिलाइ एउटा कुरा थाहा छ, दुब्लो हु