के अब म मरेपछि स्वर्ग जान्छु त​?





के अब म मरेपछि स्वर्ग जान्छु त​? नुहाएर चिसो एको ज्यानलाइ घाममा तताउँदै सोधिन्।

मुक्तिनाथमा नुहाएपछिको विश्वास यहि छ​। म कामना गर्दछु कि तिम्रो मृत्युपछि स्वर्गकै बास​ होस्, मैले हाँसो मिस्रित जवाफ दिएँ।

तिमिले पनि स्वर्गको टिकट बुक गरेउ त? उनले मलाइ पुन​: प्रश्न​ गरिन्। खासमा उनले मलाइ नुहाएका छौ कि नाइ भनेर सोधेकि थिइन्।

छैन​, सायद कुनै अर्को यात्रामा बुक गर्नुपर्ला, मैले कुरा टारें।



मुक्तिनाथ मन्दिरको दर्शनपछि हामि निकै सुन्दर नागबेलि सडक हुँदै कागबेनिमाथिको डाँडामा आइपुग्दा त्यो मनै लोभ्याउने वातावरण अनि सुपर हाइवे, केहि समय नरोकि अगाडि बढ्ने कुनै प्रश्नै आएन​​। झरेर फोटो खिच्दै गर्दा हावाले झन्डै उँडाएको।

हामि कागबेनितर्फ अगाडि बढ्यौं​। दुइ नदिको सङ्गममा अवस्थित सुन्दर कागबेनि धार्मिक हिसाबले निकै महत्वपुर्ण थलो हो। आफ्नो बाबु आमा बितेकाहरु यहाँ विशेष अवसरमा श्राद्द गर्न जान्छन्। यो उपल्लो मुस्ताङ्गको प्रवेशद्वार पनि हो। 



कागबेनि कटेर कालिगन्डकि उपत्यकातर्फ अगाडि बढ्दै गर्दा उनले भनिन्, तिमिलाइ एउटा कुरा थाहा छ, दुब्लो हुनुको बेफाइदा हावा चलेको बेला बढि हुन्छ​। झन्डै उँडाएको। उनि दिल खोलेर मज्जाले हाँसिन्।
…………………………..
जोमसोमबाट हामि ढुम्बा तालतर्फ अगाडि बढ्यौं। ठिनि गाउँका घरहरु लस्करै तर तुफानसरि चल्ने वतासले गर्दा मान्छेहरु भित्रै भ​एर होला, बस्ति सुनसान देखिन्थ्यो। तल कालिगन्डकि एकनासले बगिरहेको। सङ्गै गजमज्ज परेको बस्ति- जोमसोम​।

ढुम्बा तालक्षेत्र भ्रमण गर्दै गर्दा एकपटक झन्डै हावाले उँडाएको। पानि पनि निकै परसम्म पुर्याउने। नजिकै बालुवाको पहाड अनि अलि पर निकै सुन्दर हिमाल​। त्यसैले त मुस्ताङ्ग मुस्ताङ्ग छ त नि। विविधताले भरिएको।



फर्कंदा मार्फा गाउँ घुमेर स्याउबारिको पनि अवलोकन गर्नुको मजा नै बेग्लै।

तिम्रो बिहे भयो? उनले पछाडिबाट सोधिन्।

अँ, किन र​?


त्यसै, त्यसै। 

आहा, कति सुन्दर हो तिम्रो देश ​, उनि बिगत - दिनदेखि तारिफ गरिराखेकि थिइन्। साँच्चै, हामिले अवलोकन गरेको यस सुन्दर क्षेत्र नेपालिहरुले चाहिं कत्तिको भ्रमण गर्छन्? उनको अर्को जिज्ञासा रह्यो।

धेरैले, वर्षेनि।

तिमि क्यानडा एका छौ?

छैन​, कुनै दिन अवसर मिल्यो भने गैएला, मैले भनें।

आयौ भने मलाइ कन्ट्याक गर​, तिमिलाइ थुप्रै ठाउँहरु घुमाइदिम्ला, उनि उत्साहित देखिन्थिन्।



बेगले बत्तिएको जिपको झ्यालबाट बाहिरि सुन्दरता अवलोकन गर्न सायद उनिलाइ पुगेकै थिएन​, क्यामेराको क्लिक क्लिक चलिनैराखेको थियो। कालिगन्डकि ठुलो बगरमा एउटा कुलो काटेको जस्तो देखिन्थ्यो। निकै सुन्दर​।

Comments

Popular posts from this blog

Refund (Play) by Fritz Karinthy - Characters, Summary, Analysis- Grade 11

What I Require From Life? by J.B.S. Haldane (Summary, Main Points, Analysis, Question-Answers)- Grade 11

Grade 12 English Unit 17: War and Peace (with Grammar Solutions)- Language Development