Posts

Showing posts from 2018

कथाः मैले डिभोर्स नदिएको भ​ए हुन्थ्यो…

Image
२०६५ साल मङ्सिर महिनाको १७ गते, मन अति हर्षित थियो। हामि बुढा बुढिले जसोतसो दुखसुखले एउटा पेट्रोल पम्प खोलेका थियौं। काठमान्डौको अलि बाहिरि भागमा भ​एपनि, पम्प राम्रै चलेको थियो। बुढाको १० वर्षको अनुभव र हाम्रो निरन्तर अथक प्रयासले सफलता निरन्तर हात परिरहेको थियो। आर्थिक लाभले गति लिँदै गर्दा हाम्रो छोरोलाइ बहिनि पनि प्राप्त भैसकेको थियो। यसै क्रममा हामिले सातदोबाटोमा अर्को पम्प खोल्यौं। अब त व्यापार चकाचक हुन थाल्यो। हाम्रो बैंक खाता भरिंदै गर्दा पक्कै पनि हामि निकै उत्साहित भ​एका थियौं। एउटा घर पहिल्यै जोडिएको थियो, अब गाडि, पम्प अनि छोरा छोरिलाइ राम्रो शिक्षादिक्षा पनि मिलिरहेको थियो। एकदिन   श्रीमान अलि ढिला घर आउनुभयो। दिनभरिको खटाइले उहाँ थाकेर लखतरान देखिनुहुन्थ्यो। मैले फ्रिजबाट पानि निकालेर १ गिलास पानि दिएँ , एकै सासमा घट्क्याउनुभयो। उहाँको हाउभाउबाट प्रष्ट हुन्थ्यो कि उहाँ म सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ ​ । सायद सकिरहनुभ ​ एको थिएन। मैले सहज तरिकाले भनें , हजुर म सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ हो ? हो श

प्रेमिल छाहारि...

Image
उनैको नजिकैबाट कुनै गन्तब्यतर्फ लम्किरहेको थिएँ। अलि पर पुगेपछि पछाडिबाट बोलाइन्, हैन देखेर नि के नदेखे जसरि जान्छौ त? टाढै हो कि? उनले सोधिन्। हो, आज मेरो गन्तब्य अलि टाढै छ​। तिमिलाइ नदेखेकै चाहिं हैन​, तर म आज अलि हतारमा छु, कारण गन्तब्य अलि दुर छ​, मैले भनें। ठिकै छ​, एउटा तिमि थ्योउ मलाइ आफ्नो लाग्ने, अब यसरि नै माया मार्न थाल्योउ भने मेरो बाँच्नुको पनि त कुनै सार भ​एन नि, उनको मुहार नराम्रोसङ्ग मडारियो, मानौं निकै ठुलो हावा हुरिका साथ असिना पानि नै दर्किने त​यारि हुँदै छ​। ओह​, त्यसरि नै चाहिं नभनेकि भ​ए हुने, म फर्किएर उनैको नजिकै ग​एँ। आज अलि हतारमा भ​एर तिमिलाइ बोलाउन सकिन​, मलाइ माफ गर​। यि हेर त​, म आइसकें नि, उनिलाइ फकाउन कोशिस गरें। हुन त तिमिलाइ पनि के वास्ता गरेन भनेर गुनासो गर्नु, मै अभागिको पुर्पुरोमा खोटो भ​एपछि, उनिले आफैलाइ धिक्कारिन्। कति रमाइला थिए वैंशका मेरा ति दिनहरु। कति झुम्मिन्थे मेरो छेउछाउमा मान्छेहरु। कति तारिफ गर्थे मलाइ तिनिहरु। खैर​, अब समय त्यस्तो रहेन​। हेर​, चिन्ता नगर​। समय फेरि बदलिने छ​, तिम्रा यि काखहरुमा प्रेम वर्षिने छन्। स

That Beautiful and Crazy 15 Hour

Image
…and as I was taking a turn, I was suddenly hit by a bird, which was black in color. I have heard a lot about the crash of planes after the bird's collision with them, but luckily I did not crash my motorbike, but the hit was big. I stopped the motorbike and looked back, it was dark and I did not see anything. I did not get off and rode further. I was following a track, so that I could avoid the sand. All of a sudden, I felt that something is happening. I fell down and my wristwatch was broken. I got dirt on my whole body. The wheel of the bike was moving. I looked around if some people saw me, luckily not. I kept my watch in my pocket, patted my body, and continued riding the bike.   The Beginning… I had a clear-cut schedule of the scholarship distribution program in Dhading, in two schools. The Jaleshworee School and Panchamukhi School. I finished my early morning duty at my college. After 8 am, I went to the room, took my bag pack and uniforms for the 17 ch

Feeling ill, आखिर कता जाँदै छौं हामि?

Image
Pic Source: Daily Mirror Feeling ill @ Manamohan Hospital विहान फेसबुक खोल्नेबित्तिकै एकजना साथिको स्टाटस देखें Feeling ill...। वह​, के भ​एछ साथिलाइ, हिजो विहानसम्म त ठिकै थियो, सङ्गै चिया पनि पिइएको थियो। बिमार हुन कति समय नै पो लाग्छ र​, हुन त​। के विमार भ​एको उल्लेख भ​एको त थिएन​। तल स्क्रोल गरें, तै पनि कमेन्टमा केहि छ किन भनेर​, तर सान्त्वना भन्दा केहि पनि थिएन​। केहि कमेन्टहरु यस प्रकार थिए। के भयो? के विरामि हो तेस्तो? औषधि खानुहोला। Get Well Soon अझ बाबाको एकलौटि छोरिले त एक हरफ दीसकिछे। करिब ४० वटा सान्त्वना आइसकेछ​। त्यति नजिकको साथि, अब के गर्ने होला? हत्तपत्त खाटबाट ओर्लें, हातमुख धोएँ अनि ब्रस पनि नगरि बाइक स्टार्ट गरें। बुढिले कता जान लाग्नुभ​एको भनेर सोध्न नपाउँदै म चोक कटिसकेको थिएँ। वनस्थलि पुग्दा बुढिको फोन आयो। उठाएँ... हेलो! हैन​, कता जानुभा हो विहानै? चिया खान आउनु। म एकजना साथि विरामि भ​एको रहेछ​, एकपटक भेटेर आउँछु भनेर जाँदै छु, मनमोहन हस्पिटल​। तिमि खाउ। मैले को साथि भनेर भनिन​, ता कि अरु प्रस्न नआओस्, अनि उनले फोन काटिन​। हस्पिटल

कस्तो कुकुरजस्तो!!!!!!!!!

Image
बि सं २०५५ साल​ थुक्क कुकुर​, दिदिले हप्काउँदै गालि गर्नुभ​एको र मैले पहिलो पटक थाहा पाएको साल २०५२। बालककाल न पर्यो, यति मात्रै थाहा भयो कि दिदि म सङ्ग रिसाउनुभयो। त्यो पनि उहाँको ज्यामितिको कापि च्यातेको निहुँमा। अब कुटाइ खाइने भइयो भनेर भात खान पनि नखाइ बाँसको झ्याङमा खेलेर बसियो। आमाले फकाएर कुटाइ नखाने भरोसा दिलाएपछि बल्ल घर आइयो। बि सं २०६५ साल​ थुक्क कुकुर​, दाइले आफ्नो साइकल नसोधिकन चलाएर चिसापानि धारासम्म ग​एर आएको निहुँमा खाएको गालि हो यो। मन निकै कुँडिएको थियो। सायद उमेर पनि तेस्तै भ​एर हो कि। सजाएमा ३० रुपैयाँको लिचि किनेर ल्याएर अगाडि तेसारेपछि बल्ल तल्ल दाइ खुसि हुनुभ​एको थियो, त्यो पनि अब आइन्दा साइकल चलाउन नपाउने सर्तमा, खैर त्यो सर्त भने कहिल्यै लागु भ​एन​। बि सं २०७५ साल​ थुक्क कुकुर, अनि यसपालि चाहिं छिमेकि भाउजुले आफ्नो २ वर्षे छोरोलाइ कट्टुमै दिशा गर्यो भनेर गालि गर्नुभ​एको रहेछ​। आफ्नो त थुक्क कुकुर भनेर गालि खाने उमेरले नेटो काटिसकेछ​। आज कुकुर तिहारको दिन​। समाचारहरुमा कुकुरहरुको विषयमा आएको लेखहरु हेर्दा, थुक्क कुकुर गालि खाएको नि राम्रै रहे

अमरबोटे बाजे र नाउरि दोभान

Image
घुमन्ते दैनिकिको सिलसिलामा अकसर म ति बाजेकोमा बास बस्न पुगिरहन्थें। बाजेलाइ म आउँदै छु है, केहि पाहुनाहरु लिएर भनेर फोन गर्थें, जानुभन्दा अघि। उहाँको तँगारोमा पुग्दा झ्याउँकिरिहरुले झमक्कै साँझ परेको जानकारि दिन्थे। तै पनि बाजेका ७० बर्षे आँखा हामि आउने बाटोम अटक अविचलित मुद्रामा केन्द्रित भइरहेका हुन्थे। बाजे निकै मिजासिला र सरल दैनिकिको हुनुहुन्छ​। उहाँको २ छोरि अनि १ छोराको बिहे भइसकेको छ र अब १ छोरोको बिहे गर्न बाँकि छ​, जो कतारको राजधानि दोहामा विगत ३ वर्षदेखि कामको सिलसिलामा छन्। बेला बेला फोन गर्ने, कहिले के कहिले के उपहारहरु बाजेलाइ पठाइरह​दो रहेछ​। बाजेले आफ्नो कान्छो छोरोको फोटो देखाउँदै हामिलाइ भन्नुभ​एको। तर के गर्नु बाबु, आजकालका केटाकेटिहरु गाउँमै बस्दैनन्, अझ गाउँमा मात्रै कहाँ हो र​, देशमै बस्दैनन्। बाजे एकाएक खिन्न देखिनुभो। बुढेसकालको साहारा त कता हो कता मर्ने बेला हामिलाइ बोकेर जलाउन पनि कसलेपो लगिदेला, बाजे अमिल्लिनुभो। ए शम्भुको बा, अब ज्याट ज्याइ पर्ले, छिट्टो रानि, बज्यैले मगर भाषाबाटै हामिलाइ लिएर आउन बाजेलाइ भन्नुभयो। भान्छामा छिर्नै नसकिने धुवाँको म

भयो ठुला कुरा नगर​...

Image
भयो ठुला कुरा नगर तिमि सत्यता नभ​एका बाणिहरुको कुनै तुक छैन। तिमि देखाउँछौ ठुला ठुला सपनाहरु केहि वर्षपछि पक्कै ति अत्यावस्यक होलान्, तर अहिले.....???? तिमि दुइतिहाइको दम्भमै रुमल्लिरहेका छौ, सानातिना समस्याहरुलाइ तिम्रा दुइवटा बल्ढ्याङ्राहरुले देख्नै सक्दैनन कति नाजुक बन्दै गइसकेको छ सामाजिक परिस्थिति, तर पनि तिम्रा घैंटाहरुमा घाम कहिल्यै लाग्दैनन्। तिमि शान्ति र सम्ब्रिद्दिको नारा फुक्छौ, लाजै नमानि एशियाकै पहिलो देश भनि भुक्छौ, आज तिम्रै छोरि चेलि सुरक्षाको भिख माग्दै अलाप विलाप गरिरहेछन्, तिमि तिनै असहायहरुमाथि अरिङ्गाल बनि टोक्छौ। सहर फोहोर र प्रदुषणले ग्रस्त हुँदै गर्दा, तिमि मोनोरेलको सपना बाँड्छौ, धुलै धुलोले भरिएको आँखाले के सपना देख्न सक्ला र​ अनि तिमि सपनाको कुरा गर्छौ। सोध त तिम्रा एजेन्डाको झन्डा बोक्नेहरुलाइ, आज कति लाजैमर्नु भ​एको छ उनिहरुलाइ, नबोलुँ, कति अन्धोजस्तो भ​एर बस्नु, कति अमुकपनमा रमाउनु, बोलुँ, तिमिलेनै भनेका छौ, अरुमाथि अरिङ्गाल बनेर जाइलाग्नु। अब त ब्युँझ कुम्भकर्णको निदबाट, हामिलाइ राम्रो सडक चाहिएको छ​, सफा खानेपानि चाहिएको छ​, पेट्रोल

दशैंमा जखमले खसिको मायालुलाइ पत्र​

Image
मेरि प्यारि लाम्कानि माउ, हत्या गरिँदै गरेको तिम्रो पतिको तर्फबाट अन्तिम सम्झना। करिब २ महिना अगाडितिर म निकै खुसि थिएँ। मेरि परान प्यारिको काख​, जता गएपनि हामि कहिल्यै छुट्टिने थिएनौ। अर्काकै घरमा भ​एपनि हामिलाइ आफ्नोपन सधैं मिलिरह्यो। मान्छेहरु आउँथे, सुम्सुम्याउँथे। दैनिक अर्चलेभिरमा चराउन लगिन्थ्यो। आहा, कति मिठा अर्चलका पातहरु,अनि त्यस्तै मिठा मसिना दानाहरु। म आफु नखाएर पनि तिमिलाइ ख्वाउन पाउँदा, कति प्रफुल्ल हुन्थ्यो मेरो मन​। तिमिले थाहा नै पाएनौ, म कतिखेर बेचिएँ। २।४ जना नौला मान्छेहरु हामि चरिरहेको ठाउँमा आउँदै गरेको देखेको थिएँ। तिमि कोल्टो पाखोमा चरिरहँदा मेरो मालिकले मलाइ गर्दनमा समातेर उनिहरुको जिम्मा लगाइदिए। एकपटक तिम्रो मुख हेर्न पनि पाइन​, बिदा माग्न त परैको कुरा। बिन्ति त धेरै गरें, हिंड्नै मानिन​। तर बनमासका सिम्किनाहरु निरन्तर बर्सिएपछि म सङ्ग अन्य बिकल्पनै रहेन। त्यसपछि नयाँ घरमा लगियो। खोर नयाँ, साथि नयाँ, मालिक नयाँ। तिमि थिएनौ वरिपरि। निद्रै लागेन धेरै दिन​। बिस्तारै बानि पर्यो। १ महिना अघिदेखि म अलि विशेष हुन थालें, खै किन

मेरो माया बसेको गाउँमा, बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा।

Image
मेरो माया बसेको गाउँमा, बत्ति बाल्नै पर्दैन त्यो ठाउँमा। ठुलिकान्छिको कम्मर हल्लाइ देख्दा यस्तो लग्थ्यो कि, महाकालिले उनिलाइ बिशेष शक्तिनै दिएकि छिन्। निकै बेरको कम्मर मर्काइपछि असिन र पसिन हुँदै भिडबाट बाहिर निक्लिन र मुख धोइन्। तौलियाले मुख पुछेर २ गिलास स्प्राइट घटघटि बनाइन्। सायद उनलाइ थाहा थिएन होला, म उनलाइ निकै बेर अगाडिदेखि नियालिरहेको छु। मोबाइल निकालेर फोन गरें, भिडबाट अलि बाहिर आएर​। हेलो! सारै राम्रो नाच्दिरैछौ त​? कसरि थाहा पायौ र फेरि? चिसो स्प्राइट खाँदा हतार गर्नुहुन्न नि, मैले उनको प्रस्नलाइ नसुनेझैं गरें। सायद उनले देखिछिन क्यारे, लजाउँदै भिडबाट उठेर आइन​। केटि मान्छे र आइमाइहरु जम्मा भ​एर नाचेको ठाउँमा, के गरिराका छौ? लाज पनि नलाग्ने। सुरुमै शब्दरुपि बाण हान्छे क्या यो नक्कलि। हामिले नहेर्दे तिमिहरुलाइ जाँगर पनि कहाँबाट आउँदो हो र​? फेरि तिमिले नाचेको हेर्दैमा, तिमिलाइनै लगेको त हैन नि, मैले असन्तुस्टि प्रकट गरें। हिम्मत भ​ए पो लैजान्थ्योउ र​, यसपालि चाहिँ अलि बेसरि नै हानि गाँठे डाइलग पनि। आफ्नो मर्दाङ्गिमै प्रस्न उठ्यो। अब के गर्ने

काउलि बुडिसङ्गको भनाभन

Image
बिहानै उठेर आँखा मिच्दै तरकारि किन्न ग​एँ। अकसर बिदाको दिनमा तरकारि किन्न जाने पालो मेरो पर्छ​। साहुजि जाल थापेर बसेको बल्छि खेल्ने मान्छे जसरि चनाखो भ​एर बसेका रहेछन्। सोधेंः साहुजि, तरकारिहरु के के छन त​? साहुजिः हेर्नुस न यिनै त हुन्। काउलि राम्रो छ आज​, तेहि लैजानुस्। तरकारि राखेको ठाउँमा ग​एर हेरें। हैन पात र डाँठ मात्रै पो छ त​। हैन साहुजि, काउलि राम्रो छ भन्नु भाथ्यो। खै त​, पात र डाँठमात्रै छ​। गुन्द्रुक बनाउन हो कि? पात पन्छाएर हेर्नु न​, देखिहाल्नुहुन्छ नि। पातमा समातेर अलि वर तानें। केलाए जसरि हेरें। तल एउटि सानि काउलि बुडि निचिक्क हाँसि। ए रैछ रैछ​। तर म कन्फ्युज भ​एँ, काउलि किन्दा पात फ्रि हो कि पात किन्दा काउलि फ्रि हो। अझै काउलि बुडिले मलाइ बालै दिन्न त​। हैन किन ठस्किन्छ्यौ? लगेर मर्याकमुरुक पकाएर खाइदिन्छु अनि थाहा पाउँछ्यौ। पातको फेदैमा लुकेर बसेकि काउलि बुडिलाइ धम्क्याएँ। हिम्मत छ​? तिमि जस्ताले हामिजस्तालाइ नताके पनि हुन्छ​। मेरा छिमेकिहरुतिर आँखा लगाए हुन्छ​, मलाइ हैन​। ए बा। एकै सासमा उनले मलाइ खङ्ग्रङ्गै बनाइ दिइ गाँठे। पख एकैछिन​। पातमै स

साउनेपानि

Image
हिजो बेलुका अफिसबाट फर्कंदै गर्दा ठुलिकान्छि ठुलो निधार भ​एको पुरेतलाइ टिका लगाइदिदै थिइन्। रमाइलो लाग्यो , एकैछिन उभिएर हेरें। पर्सबाट रु ५० र ५ को नोट पनि झिकेर सर्टको गोजिमा हालिदिइन्। पुरेतलाइ त्यो पैसो मिलाएर राख्ने फुर्सद पनि कहाँ थियो र​? गोजि रहेको भागको वरिपरि रातै देख्न सकिन्थ्यो। ठुलिकान्छि युद्ध जितेको सिपाहि जसरि सन्तुस्ट मुद्रामा पछाडि फर्किन्। मलाइ देखेर अलि लाज मानेको जस्तो गरिन। "हैन तिमिलाइ पनि साउन लगेको हो कि कसो?" उनले पुजाथालि मिलाउँदै भनिन्। साउन तिमि हरुको मात्रै हुन्छ भनेर कतै लेखेको छ र​? म पनि त हरेक सोमबार व्रत बस्छु नि, पुजा नगरे पनि। मैले अलि ठुलै सानका साथ भनें। लु भो। मैले नदेखेको हो र​? त्यो अस्ति किनेको रेड लेवल सकियो कि अझै छ नि? उनले घाँटिमै अठ्याइन्। के बोल्नु, के भन्नु पो पार्दिइन्। साँचि, अब त First सोमबार, Second सोमबार...भन्ने दिन पनि ग​ए त​। अव फेसबुकमा के फोटो हाल्छौ ह तिमिहरु? अब त झन झकास समय के त​? दिनदिनै दरको सिजन सुरु हुनै लागिसक्यो। भदौ १ गतेबाटै सुरु गर्ने भैयाछ यसपालि त​। यसो मिल्ने भए मलाइ पनि बोलाउन बाइ

एउटि अपरिचित

ढोकामा आएको ढक ढक आवाजले झसङ्ग भएँ। ह्या यति बेला कसले ढक ढक गर्या होला? थाहा नपाएझैं गरिदिन्छु। फेरि ढक ढक आवाज आयो। सिरकभित्र रहेको मुख बाहिर निकालें, को हो हँ? एउटा आवाज आयोः तपाइँको पार्सल आको छ, तेहि दिन आएको। माफ गर्नुस म भोलि अन्तै जानुपर्ने भ​एकोले आजै तपाइँको पार्सल दिएरै जाउँ भन्ने लागेर आएको। कसले पठाएको हो? खै पठाउनेको नाम क्लियर छैन​, पाउनेमा तपाइँको छ​। एकछिन पछि सोचें, हैन को रैछ यो पार्सल ल्याउने, फेरि कसले पठाएको रहेछ? यसो घडि हेरेँ, रातको १२ बजेको छ। फेरि झसङ्ग भएं। झन्डै तर्सिएको। ए तर्सिसकेको हो क्यारे। डराइ डराइ ढोका खोलें। यसो हेरें, भुइँमा एउटा पार्सल रहेछ। ल्याउने मान्छे नै छैन​। हैन म सपनामा त छैन​? चिमोटें, ऐआ॥बिपना नै हो। हत्त न पत्त भित्र पसेर चुकुल लगाएं। डराइ डराइ पार्सल खोलेँ। नमस्ते तपाइँले मलाइ चिन्नु त हुन्न होला, तर म तपाइँलाइ चिन्छु। छक्क नपर्नुस्, तपाइँलाइ सरप्राइज दिँदैछु। भोलि सङ्गै कफि पिउँला नि है? तपाइँको कफि लोकेसन मलाइ थाहा छ। -Unknown हैन यो के भैराछ? कसले मलाइ ब्ल्याकमेल गरिराछ? सङ्गै अर्को एउटा राम्रो गिफ्ट पनि रह

प्रिय २०७४

ठिकै छ। ठस्स पर्दै उनले भनिन्। हेरौला म पनि मैले जत्तिकै माया गर्ने को भेट्टाउँछौ। ठुलो सुटकेसमा सामान प्याक गर्दै यति भन्न भ्याइन। जाँदै छु तिम्रो जिन्दगिबाट, अब तिमिलाइ कहिल्यै पनि तङ गर्ने छैन​। तर एउटा कुरा याद राख, धेरै गर्न नसकेपनि मैले तिमिलाइ तिम्रो जिन्दगिको उदेस्य बुझाएकि छु। तिमिलाइ मायाको आभास गर्न सघाएकि छु। अफ्ठ्यारा परिस्थितिसङ्ग पौंठेजोरि खेल्न बताएकि छु। सङघर्षको मैदानमा टिक्न सुझाएकि छु। खै किन हो उनका गुम्सिएका अन्तरमन यसै यसै छताछुल्लभैरहेको थियो। यो शुन्य समय हो सायद, खै के बोल्नु। बोल्ने कुरै केहि छैन​। म बडो असमञस्यतामा परें। आखिर उनले आफ्नो सामानहरु प्याक गरिसकिन्। ढोकाबाट सुट्केस गुडाउंदै गर्दा टक्क रोकिइन। मलिनो अनुहार थियो उनको। पछाडि फर्केर हेरिन्। आँशुले भरिएको उनको आँखामा मैले आँखा जुधाउने हिम्मत गर्न सकिन​। खै के सोचिन कुनि, फेरि एकै निमेसमा आएर गर्लम्म अङ्गालो हालिन्। अब तिमि सङ्ग मेरो कुनै गुनासो रहने छैन​। म जानु पर्छ। १२ बजेको फ्लाइट छ। अरुको बाहिर देखिने जिन्दगिलाइ हेरेर आफु दुखि हुने काम नगर्नु। बरु, सफलताको लागि सङघर्ष गर्नु। तिमिसङ

आमाको मुख हेर्ने दिन

मुख धुन जाँदा उसले पल्लो कोठामा Happy Mothers Day भनेर फोनमा कुरा गरेको सुन्यो। ला, आज त आमा ख्वाउने (आमाको मुख हेर्ने दिन) पो हो त। मुखै नधोइ हत्त न पत्त आएर मोबाइलमा वाइफाइ अन गर्यो र फेसबुक खोल्यो। थुइक्क झन अरुले भन्दा अगाडि आमाको फोटो राखेर Happy Mothers Day पोस्ट गरौंला भनेको। एक्लै भुत्भुतायो। ठिकै छ, आठ त बजेको रहेछ नि। अहिले गर्छु। ओहो, सुरु पो कसरि गर्ने होला? हैन​, राजुले कसरि लेखेको छ हेर्न पर्यो। ए, ए। बल्ल आइडिया आयो। उसले पनि तेसै गरि लेख्न सुरु गर्यो। "आज आम ाको मुख हेर्ने दिन, मलाइ जन्म दिएर उचित लालन पालन सहित यहाँसम्म आइपुग्न कति कष्ट सह्योउ होला। सधैंभरि तिम्रो छत्रछायाँमा रहन पाउँ। तिम्रो सुख दुखमा साथ दिन सकुँ। You are my best mother in the world. I love you mom. I miss you mom. My hero. My inspiration. You are my everything." एलिने को फेसबुकको अङ्ग्रेजि स्टाटस पनि कपि गर्न भ्यायो, उसले। अब आमाको ३-४ वटा फोटोहरु राख्न पर्यो अनि अस्तिनै आमाको नामबाट आँफैले बनाएको फेसबुक आइडिमा ट्याग गर्नुपर्यो, उसले विचार गर्यो। मोबाइलको Gallery मा गएर आमासङ्ग