कथाः मैले डिभोर्स नदिएको भ​ए हुन्थ्यो…





२०६५ साल मङ्सिर महिनाको १७ गते, मन अति हर्षित थियो। हामि बुढा बुढिले जसोतसो दुखसुखले एउटा पेट्रोल पम्प खोलेका थियौं। काठमान्डौको अलि बाहिरि भागमा भ​एपनि, पम्प राम्रै चलेको थियो। बुढाको १० वर्षको अनुभव र हाम्रो निरन्तर अथक प्रयासले सफलता निरन्तर हात परिरहेको थियो।

आर्थिक लाभले गति लिँदै गर्दा हाम्रो छोरोलाइ बहिनि पनि प्राप्त भैसकेको थियो। यसै क्रममा हामिले सातदोबाटोमा अर्को पम्प खोल्यौं। अब त व्यापार चकाचक हुन थाल्यो।

हाम्रो बैंक खाता भरिंदै गर्दा पक्कै पनि हामि निकै उत्साहित भ​एका थियौं। एउटा घर पहिल्यै जोडिएको थियो, अब गाडि, पम्प अनि छोरा छोरिलाइ राम्रो शिक्षादिक्षा पनि मिलिरहेको थियो।

एकदिन  श्रीमान अलि ढिला घर आउनुभयो। दिनभरिको खटाइले उहाँ थाकेर लखतरान देखिनुहुन्थ्यो। मैले फ्रिजबाट पानि निकालेर गिलास पानि दिएँ, एकै सासमा घट्क्याउनुभयो। उहाँको हाउभाउबाट प्रष्ट हुन्थ्यो कि उहाँ सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ सायद सकिरहनुभएको थिएन। मैले सहज तरिकाले भनें, हजुर सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ हो?

हो शर्मिला। मलाइ मेरा साथिहरुले केहि सुझाव दिएका छन्। तर मलाइ भन्न निकै अफ्ठ्यारो परिरहेको
ह्या, के कुरा हो त्यस्तो, भन्नुभ भैहाल्छ नि, मैले भनें।

शर्मिला, तिमिलाइ थाहा नै नि, हाम्रो बैंकमा पैसा धेरै नै जम्मा भइसकेको अनि फेरि सम्पत्ति पनि जोडिएको साथिहरु भन्छन कि यस्तो समयमा डिभोर्स गर्नु उत्तम हुन्छ​, जसबाट पछि हामिले सम्पत्ति कर अनि छानबिन बाट जोगिन सकिन्छ​, फेरि हामिसङ्ग सबै कमाइको कागजपत्र पनि छैन

मन सिरिङ्ग भयो। मैले सपनामा पनि नसोचेको कुरो, आज मेरै अग्निपरिक्षा लिन चाहन्थ्यो। मैले के भन्ने भनेर सोच्नै सकिन केहि बोलिन त्यो दिनको डिनर त्यत्तिकै गयो, धन्न बच्चाहरुले पहिल्यै खाइसकेका थिए।
राति बेडमा उहाँले माफि माग्नुभयो। आखिर यो साथिहरुले दिएको सुझाव हो, थोडि मैले तिमिलाइ डिभोर्स दिन लागेको होर​, उहाँले बिस्तारै मुसार्नुभयो अनि मेरा आँखाबाट बररर झरेका आँशुलाइ आफ्नो हातले पुछिदिनुभयो।

मेरो वाक्य फुट्नै सकेन रात त्यत्तिकै वित्यो। भोलिपल्ट धेरै सोचें यसबारेमा। धेरै रोएँ पनि।

त्यो रात पनि त्यत्तिकै बित्यो। तेश्रो दिन हामिबिच यस विषयमा केहि कुराकानि भयो। उहाँले यस विषयमा थप स्पष्ट पारेपछि सोच्न बाध्य एँ। बेकार यस्तो माया गर्ने श्रिमानलाइ शँका गरेर​, आफैंलाइ धिक्कारें। आखिर योजना हाम्रै भलाइको लागि जो थियो। मैले मेरा केहि साथिहरुको परिवारलाइ हेरें, वोह​, उनिहरु सबै डिभोर्सि रहेछन्। खै सङ्गै रमाउँदै हिंडिरहेका छन्। आफुले आफैंलाइ सान्त्वना दिएँ।

दिन बित्यो, महिना बित्यो अनि थुप्रै साल अब मेरो श्रिमानमा केहि फरकपन अनुभव गर्न थालेकि थिएँ। उहाँको चाल ढाल निकै बदलिएको थियो। कुरा अलि अलि गाइँगुइँ सुन्नमा पनि आउन थालिसकेको थियो। उहाँ जतिबेला एपनि घर आउने मान्छे, घर आउने क्रम निकै पातलिएको थियो। अनि कारण हुन्थ्यो, मिटिङ्ग

अब हामिविच बोलचाल बन्द मात्रै होइन​, दिनहुँ घरझगडा हुन थालेको थियो। थुप्रै पटक मैले ससुरा बा, सासु आमा अनि मेरा माइतिको माध्यमबाट समस्या समाधानको निकै कोशिस गरें। समय कस्तो रह्यो भनें श्रिमानले अर्कि ल्याएँ भन्ने, आएकि भन्नेले पनि हो भन्ने। कसरि आरोप लगाउने?

मेरो केहि चलेन २०७४ मा हामि अौपचारिक रुपमै अलग भयौं। सर्तहरु पहिले नै थिए, बच्चाबच्चिहरु सङ्ग​, घर अनि सातदोबाटोको पम्प अनि त्यसमा केहि बैंक ब्यालेन्स छोराछोरिको पढाइ खर्च भने उच्च शिक्षासम्म श्रिमानले नै व्योहर्ने सर्त लागुभयो।

यसरि, निकै हाँसिखुसिमा रहेको मेरो सुन्दर लोभलाग्दो परिवार केहि सम्पत्ति जोगाउने लोभमा छिन्नभिन्न भयो। हुन आफैं आफ्नो खुट्टामा उभिन सक्ने नारि हुँ, तै पनि किन किन चोट निकै ठुलो लाग्दो रहेछ

कहिलेकाहिं सातदोबाटो अफिस जाँदा बाटोमा केहि जोडिहरु घर बनाउने काममा सङ्गै हाँसि हाँसि खटेको देख्दा, सङ्गै बसेर खाजा एको देख्दा अनि साइकलमा सङ्गै यात्रा गरेको देख्दा मन निकै कुँडिन्छ


ओह​, मैले डोभोर्स नगरेको हुन्थ्यो…

Comments