प्रेमिल छाहारि...
उनैको नजिकैबाट कुनै गन्तब्यतर्फ लम्किरहेको थिएँ। अलि पर पुगेपछि पछाडिबाट बोलाइन्, हैन देखेर नि के नदेखे जसरि जान्छौ त? टाढै हो कि? उनले सोधिन्।
हो, आज मेरो गन्तब्य अलि टाढै छ। तिमिलाइ नदेखेकै चाहिं हैन, तर म आज अलि हतारमा छु, कारण गन्तब्य अलि दुर छ, मैले भनें।
ठिकै छ, एउटा तिमि थ्योउ मलाइ आफ्नो लाग्ने, अब यसरि नै माया मार्न थाल्योउ भने मेरो बाँच्नुको पनि त कुनै सार भएन नि, उनको मुहार नराम्रोसङ्ग मडारियो, मानौं निकै ठुलो हावा हुरिका साथ असिना पानि नै दर्किने तयारि हुँदै छ।
ओह, त्यसरि नै चाहिं नभनेकि भए हुने, म फर्किएर उनैको नजिकै गएँ। आज अलि हतारमा भएर तिमिलाइ बोलाउन सकिन, मलाइ माफ गर। यि हेर त, म आइसकें नि, उनिलाइ फकाउन कोशिस गरें।
हुन त तिमिलाइ पनि के वास्ता गरेन भनेर गुनासो गर्नु, मै अभागिको पुर्पुरोमा खोटो भएपछि, उनिले आफैलाइ धिक्कारिन्। कति रमाइला थिए वैंशका मेरा ति दिनहरु। कति झुम्मिन्थे मेरो छेउछाउमा मान्छेहरु। कति तारिफ गर्थे मलाइ तिनिहरु। खैर, अब समय त्यस्तो रहेन।
हेर, चिन्ता नगर। समय फेरि बदलिने छ, तिम्रा यि काखहरुमा प्रेम वर्षिने छन्। सुगन्ध छाउने छ, तिम्रा यि अवयवहरुमा। होला, अहिले समय तिम्रो साथमा छैन, तर तिमिले आफुलाइ कमजोर नबनाउ, उनिलाइ ढाडस दिन खोजें।
वररर आँशु झारिन्। कस्तो मनै खिन्न भो। एउटा कुरा भन्छु, नाइँ नभन है? सायद उनि मेरो व्यस्त समय लिन चाहन्नथिन्।
हुन्छ, भन न।
तिमि मेरो आलिङ्गनमा ५ मिनेट भएपनि रमाइदेउ न। उनिमा आशाका केहि किरणहरु तरङ्गित भएको देखें।
ठिकै छ, तिमिलाइ खुसि मिल्छ भनें।
यो चौतारि, हजारौंलाइ आफ्नो शितलताले मन्त्रमुग्ध पार्ने गर्थिन कुनै बेला। अहिले त मान्छेहरु सबै लाखापाखा भएपछि निकै न्यस्रिएकि रैछिन्। मेरो आगमनले थोरै भएपनि उनिलाइ खुसि बनाएकोमा मन प्रफुल्लित भयो। छिट्टै भेट्ने वाचाका साथ उनिसङ्ग बिदावारि भएँ।
Comments
Post a Comment