कस्तो कुकुरजस्तो!!!!!!!!!





बि सं २०५५ साल​

थुक्क कुकुर​, दिदिले हप्काउँदै गालि गर्नुभ​एको र मैले पहिलो पटक थाहा पाएको साल २०५२। बालककाल न पर्यो, यति मात्रै थाहा भयो कि दिदि म सङ्ग रिसाउनुभयो। त्यो पनि उहाँको ज्यामितिको कापि च्यातेको निहुँमा। अब कुटाइ खाइने भइयो भनेर भात खान पनि नखाइ बाँसको झ्याङमा खेलेर बसियो। आमाले फकाएर कुटाइ नखाने भरोसा दिलाएपछि बल्ल घर आइयो।

बि सं २०६५ साल​

थुक्क कुकुर​, दाइले आफ्नो साइकल नसोधिकन चलाएर चिसापानि धारासम्म ग​एर आएको निहुँमा खाएको गालि हो यो। मन निकै कुँडिएको थियो। सायद उमेर पनि तेस्तै भ​एर हो कि। सजाएमा ३० रुपैयाँको लिचि किनेर ल्याएर अगाडि तेसारेपछि बल्ल तल्ल दाइ खुसि हुनुभ​एको थियो, त्यो पनि अब आइन्दा साइकल चलाउन नपाउने सर्तमा, खैर त्यो सर्त भने कहिल्यै लागु भ​एन​।

बि सं २०७५ साल​

थुक्क कुकुर, अनि यसपालि चाहिं छिमेकि भाउजुले आफ्नो २ वर्षे छोरोलाइ कट्टुमै दिशा गर्यो भनेर गालि गर्नुभ​एको रहेछ​।

आफ्नो त थुक्क कुकुर भनेर गालि खाने उमेरले नेटो काटिसकेछ​।

आज कुकुर तिहारको दिन​। समाचारहरुमा कुकुरहरुको विषयमा आएको लेखहरु हेर्दा, थुक्क कुकुर गालि खाएको नि राम्रै रहेछ​ जस्तो लाग्छ​। अब त मान्छेहरु भन्न थालिसके आफ्ना छोराछोरिहरुलाइ, कम से कम यो कुकुरबाट त केहि सिक्। यो कुकुर जस्तै ज्ञनि बन्न पर्छ है? कुकुरको जस्तो निद्रा हुनुपर्छ डाम्ना।


कुकुर तिहारको शुभकामना। तर बाटोमा दिशा गराउँदै हिंड्नेहरुलाइ चाहिं होइन नि।

Comments

Popular posts from this blog

Refund (Play) by Fritz Karinthy - Characters, Summary, Analysis- Grade 11

What I Require From Life? by J.B.S. Haldane (Summary, Main Points, Analysis, Question-Answers)- Grade 11

Grade 12 English Unit 19: Migration and Diaspora (with Grammar Solutions)- Language Development