Feeling ill, आखिर कता जाँदै छौं हामि?
Pic Source: Daily Mirror
Feeling ill @ Manamohan Hospital
विहान फेसबुक खोल्नेबित्तिकै एकजना साथिको स्टाटस देखें Feeling ill...। वह, के भएछ साथिलाइ, हिजो विहानसम्म त ठिकै थियो, सङ्गै चिया पनि पिइएको थियो। बिमार हुन कति समय नै पो लाग्छ र, हुन त। के विमार भएको उल्लेख भएको त थिएन। तल स्क्रोल गरें, तै पनि कमेन्टमा केहि छ किन भनेर, तर सान्त्वना भन्दा केहि पनि थिएन। केहि कमेन्टहरु यस प्रकार थिए।
के भयो?
के विरामि हो तेस्तो? औषधि खानुहोला।
Get Well Soon
अझ बाबाको एकलौटि छोरिले त एक हरफ दीसकिछे।
करिब ४० वटा सान्त्वना आइसकेछ। त्यति नजिकको साथि, अब के गर्ने होला?
हत्तपत्त खाटबाट ओर्लें, हातमुख धोएँ अनि ब्रस पनि नगरि बाइक स्टार्ट गरें। बुढिले कता जान लाग्नुभएको भनेर सोध्न नपाउँदै म चोक कटिसकेको थिएँ। वनस्थलि पुग्दा बुढिको फोन आयो। उठाएँ...
हेलो!
हैन, कता जानुभा हो विहानै? चिया खान आउनु।
म एकजना साथि विरामि भएको रहेछ, एकपटक भेटेर आउँछु भनेर जाँदै छु, मनमोहन हस्पिटल। तिमि खाउ। मैले को साथि भनेर भनिन, ता कि अरु प्रस्न नआओस्, अनि उनले फोन काटिन।
हस्पिटलतर्फ बाइक मोडें। नजिकै लस्करै फलफुल पसलहरु थिए। सोचें, साथि नजिकैको हो, फेरि सरप्राइज पनि हुन्छ भनेर १ किलो स्याउ किनें। आखिर साथिभाइ भनेकै मर्दापर्दा काम लाग्ने त हो नि, छिमेकि जस्तै।
पार्किङ्गमा बाइक राखें, हात चिसोले निलै भएछ।
हस्पिटल पुगेर फोन गरें, पहिलो कल उठेन। सोचें, साथि आइ सि यु मै भर्ना भएछ। दोस्रोपटक उठ्यो, बहिनिले उठाइ। दादा ट्वाइलेट जानुभाछ, घरमै आउनु न। म्युजिकको ठुलो साउन्ड आइरहेको थियो।
ए, साथि त घरमै आराम गर्न डिस्चार्ज भएछ। फेरि बाइक घुमाएँ। भर्याङ उक्लँदै गर्दा खस्याक खुसुक सुनें, म सिधै उसको कोठामा गएँ, मलाइ उसको घर जान खासै अनुमति चाहिन्न।
अरे, सोल्टा त लुकेर चुरोट पिउँदै रहेछ, झ्याल खोलेर। हातमा स्याउ थियो, टेबलमा राखें।अनि के बिरामि भाको होर, मैले नै सुरु गरें।
ह्या, अघि अलि तातेको जस्तो भाथ्यो, ज्वरो आएको हो कि भनेर मनमोहनको मेडिकलबाट सिटामोल ल्याएको छु। स्टाटस हाल्देको, १०० जनाले कमेन्टमा Get Well Soon लेखिसक्या रैछन्, हेर न। अर्को पफ उडाउँदै भन्यो। अनि तिमि चैं के बिरामि भेट्न आएको? उसले खिस्सि शैलिमा सोध्यो। म केहि पनि बोलिन। स्याउको पोको समाएँ अनि भर्याङ ओर्लिएँ। बहिनिले दाइ चिया खाएर जानु न भन्दै थीन्। म सुनेको नसुने झैं गरेर घर हिडें। घर पुग्ने बित्तिकै बुढिले सोधिन, हैन को बिरामि हो र, अनि अहिले कस्तो छ, के बिरामि हो, यस्तै यस्तै। जे होस्, स्याउ चैं खेर गएन। म सन्तुस्ट थिएँ।
चिया खाँदै गर्दा सोचें, आखिर कता जाँदै छ, हाम्रो समाज?
ज्यान अलि बढि तात्यो, नाकबाट अलि अलि सिँगान बग्यो, वा रिंगटा लाग्यो, फेसबुकमा Feeling ill लेखिन्छ।
घरमा बुढाबुढिको भनाभन पर्यो, फेसबुकमै लेखिन्छ।
आइ लभ यु, आइ मिस यु त सामान्य नै हो। यसमा समस्या भएन।
अरुको स्टाटसमा मु., F..K जस्ता शब्द प्रयोग गरेर आफु ठुलो छु भन्ने ठानिन्छ।
कमसे कम आफ्नो व्यक्तिगत समस्या वा गोपनियताको सवालहरु सकेसम्म नलेख्नु, वा अलि मर्यादित र सभ्य ढङ्गले प्रस्तुत गर्नु नि।
अझै, यो पोस्ट शेयर गरे जुकरबर्गले यति करोड डलर दिने घोषणा गरेका छन भन्ने पोस्टहरु निकै बुज्रुकहरुके लाइक र शेयर गरेको देख्दा उदेक लागेर आउँछ।
सामाजिक सञाललाइ रचनात्मक कार्यमा प्रयोग गर्ने मान्छेको पनि कमि छैन यहाँ, जुन अत्यन्तै तारिफयोग्य छ। यसलाइ सुचना आदान प्रदानको राम्रो माध्यम बनाउन जरुरि छ, बिशेष गरि सभ्य र अरुले पढ्नमिल्ने शब्द चयनको आवस्यकता रहेको छ।
Comments
Post a Comment