प्रिय २०७४
ठिकै छ। ठस्स पर्दै उनले भनिन्। हेरौला म पनि मैले जत्तिकै माया गर्ने को भेट्टाउँछौ।
ठुलो सुटकेसमा सामान प्याक गर्दै यति भन्न भ्याइन।
जाँदै छु तिम्रो जिन्दगिबाट, अब तिमिलाइ कहिल्यै पनि तङ गर्ने छैन। तर एउटा कुरा याद राख, धेरै गर्न नसकेपनि मैले तिमिलाइ तिम्रो जिन्दगिको उदेस्य बुझाएकि छु। तिमिलाइ मायाको आभास गर्न सघाएकि छु। अफ्ठ्यारा परिस्थितिसङ्ग पौंठेजोरि खेल्न बताएकि छु। सङघर्षको मैदानमा टिक्न सुझाएकि छु।
खै किन हो उनका गुम्सिएका अन्तरमन यसै यसै छताछुल्लभैरहेको थियो।
यो शुन्य समय हो सायद, खै के बोल्नु। बोल्ने कुरै केहि छैन। म बडो असमञस्यतामा परें। आखिर उनले आफ्नो सामानहरु प्याक गरिसकिन्।
ढोकाबाट सुट्केस गुडाउंदै गर्दा टक्क रोकिइन। मलिनो अनुहार थियो उनको। पछाडि फर्केर हेरिन्। आँशुले भरिएको उनको आँखामा मैले आँखा जुधाउने हिम्मत गर्न सकिन।
खै के सोचिन कुनि, फेरि एकै निमेसमा आएर गर्लम्म अङ्गालो हालिन्। अब तिमि सङ्ग मेरो कुनै गुनासो रहने छैन। म जानु पर्छ। १२ बजेको फ्लाइट छ। अरुको बाहिर देखिने जिन्दगिलाइ हेरेर आफु दुखि हुने काम नगर्नु। बरु, सफलताको लागि सङघर्ष गर्नु।
तिमिसङ्गको समय मेरो लागि पनि बिशेष नभएको कहाँ हो र? तर हेर न म तिमिलाइ रोक्न सक्ने स्थितिमा छैन। भोलिका दिनहरु जस्ता रहेपनि तिम्रो मार्गदर्शन मैले कहिले पनि भुल्ने छैन। शुभ यात्रा तिमिलाइ। आँफुलाइ सम्हाल्दै भनें।
यसो घडि हेरिन्। ओहो, ३ घन्टा अगाडि चेक इन हुनु पर्छ। अहिले म जान्छु। मलाइ कहिले पनि नभुल्नु ल? बाचा गर त?
बाचा भो। उनको अधरमा एकपटक गहिरो चुम्बन गरें। तिमिलाइ कहिले पनि भुल्ने छैन। सुखमा पनि, दुखमा पनि।
उनि अङालोबाट छुट्टीइन र आफ्नो सुटकेस गुडाउँदै बाटो लागिन्। कारमा लगेज राखेर भित्र पस्ने बेला बिदाइको हात हल्लाइन।
आफ्नो गन्तब्यमा अघि बढेकि उनि अब मेरा लागि एउटा याद बन्ने छिन्। एउटा सिकाइ बनेर सदा साथ रहनेछिन। बिदाइ छ तिमिलाइ, प्रिय २०७४।
Comments
Post a Comment