एउटि अपरिचित

ढोकामा आएको ढक ढक आवाजले झसङ्ग भएँ। ह्या यति बेला कसले ढक ढक गर्या होला? थाहा नपाएझैं गरिदिन्छु।
फेरि ढक ढक आवाज आयो। सिरकभित्र रहेको मुख बाहिर निकालें, को हो हँ?
एउटा आवाज आयोः तपाइँको पार्सल आको छ, तेहि दिन आएको। माफ गर्नुस म भोलि अन्तै जानुपर्ने भ​एकोले आजै तपाइँको पार्सल दिएरै जाउँ भन्ने लागेर आएको।
कसले पठाएको हो?
खै पठाउनेको नाम क्लियर छैन​, पाउनेमा तपाइँको छ​।
एकछिन पछि सोचें, हैन को रैछ यो पार्सल ल्याउने, फेरि कसले पठाएको रहेछ?
यसो घडि हेरेँ, रातको १२ बजेको छ। फेरि झसङ्ग भएं। झन्डै तर्सिएको। ए तर्सिसकेको हो क्यारे।
डराइ डराइ ढोका खोलें। यसो हेरें, भुइँमा एउटा पार्सल रहेछ। ल्याउने मान्छे नै छैन​।
हैन म सपनामा त छैन​? चिमोटें, ऐआ॥बिपना नै हो।
हत्त न पत्त भित्र पसेर चुकुल लगाएं। डराइ डराइ पार्सल खोलेँ।
नमस्ते
तपाइँले मलाइ चिन्नु त हुन्न होला, तर म तपाइँलाइ चिन्छु। छक्क नपर्नुस्, तपाइँलाइ सरप्राइज दिँदैछु। भोलि सङ्गै कफि पिउँला नि है? तपाइँको कफि लोकेसन मलाइ थाहा छ। -Unknown
हैन यो के भैराछ? कसले मलाइ ब्ल्याकमेल गरिराछ? सङ्गै अर्को एउटा राम्रो गिफ्ट पनि रहेछ​। मन पर्यो।
विहानै उठेर नुहाएं, अनि कपडा लगाएर​, कफि सप ग​एँ। एउटा अमेरिकानो मगाएँ। टेबलमा बस्दा देखें, एउटा कागज जसमा केहि लेखिएको थियो। कफि आउन अलि समय लागेकोले मेरो ध्यान तेहि कागजमानै गयो। खोलें
हाइ, आज सङ्गै कफि खान सकिएन​। कुनै अर्को दिन है,
तिम्रि, २०७५
...................................................................................................
(नयाँ वर्ष २०७५ को सुभकामना तपाइँ सबैलाइ)

Comments

Popular posts from this blog

Refund (Play) by Fritz Karinthy - Characters, Summary, Analysis- Grade 11

What I Require From Life? by J.B.S. Haldane (Summary, Main Points, Analysis, Question-Answers)- Grade 11

The Awakening Age by Ben Okri (Symbols, Themes, Imagery, Summary, Analysis and Interpretation)- NEB Grade 12- English