साउनेपानि
हिजो बेलुका अफिसबाट फर्कंदै गर्दा ठुलिकान्छि ठुलो निधार भएको पुरेतलाइ टिका लगाइदिदै थिइन्। रमाइलो लाग्यो , एकैछिन उभिएर हेरें। पर्सबाट रु ५० र ५ को नोट पनि झिकेर सर्टको गोजिमा हालिदिइन्। पुरेतलाइ त्यो पैसो मिलाएर राख्ने फुर्सद पनि कहाँ थियो र? गोजि रहेको भागको वरिपरि रातै देख्न सकिन्थ्यो।
ठुलिकान्छि युद्ध जितेको सिपाहि जसरि सन्तुस्ट मुद्रामा पछाडि फर्किन्। मलाइ देखेर अलि लाज मानेको जस्तो गरिन। "हैन तिमिलाइ पनि साउन लगेको हो कि कसो?" उनले पुजाथालि मिलाउँदै भनिन्।
साउन तिमिहरुको मात्रै हुन्छ भनेर कतै लेखेको छ र? म पनि त हरेक सोमबार व्रत बस्छु नि, पुजा नगरे पनि। मैले अलि ठुलै सानका साथ भनें।
लु भो। मैले नदेखेको हो र? त्यो अस्ति किनेको रेड लेवल सकियो कि अझै छ नि? उनले घाँटिमै अठ्याइन्। के बोल्नु, के भन्नु पो पार्दिइन्।
साँचि, अब त First सोमबार, Second सोमबार...भन्ने दिन पनि गए त। अव फेसबुकमा के फोटो हाल्छौ ह तिमिहरु?
अब त झन झकास समय के त? दिनदिनै दरको सिजन सुरु हुनै लागिसक्यो। भदौ १ गतेबाटै सुरु गर्ने भैयाछ यसपालि त।
यसो मिल्ने भए मलाइ पनि बोलाउन बाइ, आजकाल त केटाहरु पनि दर र नाचगानमा लागिरचन क्यारे। मैले अलि मुख मिठ्याउँदै भनें।
अहँ, हुँदै हुन्न। साउनको १ महिनासम्म हरेक सोमबार को व्रत बस्यो? १ महिनासम्म कसले माछा मासु नखाइ धर्म गर्यो? अहिले दरमा चैं दाबि गर्न आउँछौ?
चोक कटेर अगाडि बढ्दै गर्दा अगाडि एक जोडि हात समाउँदै गफिँदै हिडिरहेका थिए।
तिम्रो नाममा पनि त व्रत बस्ने मान्छे होलान नि? उनले बडो उत्सुकताका साथ सोधिन्।
खै, के थाहा र। आफुले देखेको छैन। नदेखि कसरि बिस्वास गर्नु। मैले नैरास्यता प्रकट गरें।
हुन सक्छ कि कोहि तिम्रै नजिक हिँडिरहेकि छे, जसले पुजा पाठ गरेको तिमिले देखेका छौ। यति भन्दै उनि लजाए जस्तो गरिन्। म अवाक भएँ। मनमा शाहरुख खान अभिनित "मै हुँ ना" को गाना बजिरहेको थियो।
उनले बाइ भन्दा पो म झसङ्ग भएँ। उनि जाने गल्लि आइसकेछ। धट्, कहिलेकाहिं त समय पनि मिसाइल जस्तो पो हुन्छ भन्या, जतिबेला यो कछुवाको गतिमा भइदिए पनि हुने नि भनेको बेला चाहिँ।
Comments
Post a Comment