भयो ठुला कुरा नगर​...




भयो ठुला कुरा नगर तिमि
सत्यता नभ​एका बाणिहरुको कुनै तुक छैन।
तिमि देखाउँछौ ठुला ठुला सपनाहरु
केहि वर्षपछि पक्कै ति अत्यावस्यक होलान्,
तर अहिले.....????
तिमि दुइतिहाइको दम्भमै रुमल्लिरहेका छौ,
सानातिना समस्याहरुलाइ तिम्रा दुइवटा बल्ढ्याङ्राहरुले देख्नै सक्दैनन
कति नाजुक बन्दै गइसकेको छ सामाजिक परिस्थिति,
तर पनि तिम्रा घैंटाहरुमा घाम कहिल्यै लाग्दैनन्।
तिमि शान्ति र सम्ब्रिद्दिको नारा फुक्छौ,
लाजै नमानि एशियाकै पहिलो देश भनि भुक्छौ,
आज तिम्रै छोरि चेलि सुरक्षाको भिख माग्दै अलाप विलाप गरिरहेछन्,
तिमि तिनै असहायहरुमाथि अरिङ्गाल बनि टोक्छौ।
सहर फोहोर र प्रदुषणले ग्रस्त हुँदै गर्दा,
तिमि मोनोरेलको सपना बाँड्छौ,
धुलै धुलोले भरिएको आँखाले के सपना देख्न सक्ला र​
अनि तिमि सपनाको कुरा गर्छौ।
सोध त तिम्रा एजेन्डाको झन्डा बोक्नेहरुलाइ,
आज कति लाजैमर्नु भ​एको छ उनिहरुलाइ,
नबोलुँ, कति अन्धोजस्तो भ​एर बस्नु, कति अमुकपनमा रमाउनु,
बोलुँ, तिमिलेनै भनेका छौ, अरुमाथि अरिङ्गाल बनेर जाइलाग्नु।
अब त ब्युँझ कुम्भकर्णको निदबाट,
हामिलाइ राम्रो सडक चाहिएको छ​,
सफा खानेपानि चाहिएको छ​,
पेट्रोल र डिजेल सहज चाहिएको छ​,
सस्तो र सुलभ शिक्षा चाहिएको छ​,
शान्ति सुरक्षा चाहिएको छ​,
हैट्, ठुला योजनाहरु अनि सपनाहरुपनि चाहिएको छ​,
तर पहिला आधारभुत आवस्यकताहरु त पुरा गरिदेउ।

Comments

Popular posts from this blog

Refund (Play) by Fritz Karinthy - Characters, Summary, Analysis- Grade 11

What I Require From Life? by J.B.S. Haldane (Summary, Main Points, Analysis, Question-Answers)- Grade 11

The Awakening Age by Ben Okri (Symbols, Themes, Imagery, Summary, Analysis and Interpretation)- NEB Grade 12- English