कालिः एक सुन्दर सपना
झिसमिसे बढ्दै अँधेरि रातले छिटो छिटो फड्को मारिरहेको थियो। झ्याउँकिरिहरुको
एकनासको आवाजले वातावरण शान्त
बन्न पाइरहेको थिएन। हर्के
दाइले तल बेशिबाट
ल्याएको एकभारि घाँस पिंढिमा
ह्वात्त फाले र खुइए गर्दै
नजिकै झुन्ड्याएर राखेको
शर्मिला भाउजुको धोतिको एक
छेउले पसिना पुछे।
भैंसिले हर्के दाइको आगमन
अनि बेसिको खस्रेतो
घाँसको छनक पाएरै
होला, दाम्लो नै
छिनाउला गरि उफ्रिन
थाल्छ। आइँ, आइँ…
ल ल, अब
धेरै नकराउ, हर्के
दाइले एक अँगालो
खस्रेतो घाँस लगेर कालि
माउको अगाडि फाले।
कालि आफ्नो नवजात
शिशुलाइ पुलुक्क हेर्छे, सायद
उसलाइ पनि घाँस
ख्वाउन सिकाउँदै होलि अनि
आफ्नो पेट भर्न
थाल्छे।
कालिलाइ हर्केदाइ खुबै स्याहार
सुसार गर्छन्। मिठा
मिठा घाँस खोजेर
ल्याउने, ढाड कन्याइदिने,
बेला बेला नुहाइदिने
यस्तै यस्तै। र
त पहिलो बेतमै
छाके पाथि भाकि
थि कालि पनि।
एउटा गज्जबको सँयोग थियो,
भैंसि स्याहार्नुको फाइदामा।
शर्मिला भाउजु दुइ जिउकि
छिन्। घरमा छाके
पाथि दुध दिने
भैँसि भर्खरै ब्याएको,
कम्ता खुसियालि थिएन। दुध,
दहि, घ्यु, महि
केहिको कमि हुनेवाला छैन अब।
हर्के दाइ बाल्टिमा अनिकति नौनि
राखेर भैंसि दुहुन
जान्छन्। शर्मिला भाउजु भान्सामा
व्यस्त हुन्छिन्।
२ थुन दोहेर हर्के
दाइ भैंसिलाइ धाप मार्दै उठे। अँध्यारोमै भएपनि मुसुमुसु हाँस्दै दुध बोकेर अँगेनामा
पुगे। भाउजुले कुँडे ठिक्क पारेर राखेकि थिइन्, दाइले दुध खन्याए।
हर्के दाइ र शर्मिला
भाउजुलाइ मायाको परिभाषा थाहै छैन, तर दुबै एक अर्कालाइ निकै सहयोग, सम्मान र भरोसा
गर्छन्। लैला र मज्नुको कथा त उनिहरु जान्दैनन्, तर उनिहरुको प्रेम निश्चल र उदाहरणिय
छ।
दुध कुँडेमा उम्लिंदै
गर्दा शर्मिला भाउजुलाइ पेटभित्रबाट धरतिमा आउन वेचैन एक अञान शिशुले एक किक दियो।
भाउजु पिडामै खुसिका आँशु तरक्कै खसालिन्। हर्के दाइ पनि मुसुमुसु हाँस्दै भाउजुको
पेट सुम्सुम्याउन पुगे। धत्, भाउजु लाजले निहुरिइन्।
दुध भात सपक्क
पारेपछि दुबै जना थकित
ज्यान लिएर ओछ्यानमा
जान्छन्।
भोलिपल्ट विहान...
दुध दुहुन भनेर गोठमा
गए तर एकै छिनमा चिन्तित अनुहार लिएर फर्के। दाइ यसरि आएपछि
भाउजुले के भयो
भनेर सोधिन्।
थुन निकै गान्निएछ,
छुनै दिइन मलाइ
त। बाल्टि
दलिनमा झुन्ड्याएर फेरि अलिकति
घाँस हालिदिए। एकछिनमा
जानुपर्ला दुहुन। दाइ
पानि लिन भनेर
गाग्रि बोकेर पँधेरातिर लागे,
भाउजु भान्सामा....
क्रमश...
Comments
Post a Comment