काउलि बुडिसङ्गको भनाभन
बिहानै उठेर आँखा मिच्दै तरकारि किन्न गएँ। अकसर बिदाको दिनमा तरकारि किन्न जाने पालो मेरो पर्छ। साहुजि जाल थापेर बसेको बल्छि खेल्ने मान्छे जसरि चनाखो भएर बसेका रहेछन्। सोधेंः साहुजि, तरकारिहरु के के छन त? साहुजिः हेर्नुस न यिनै त हुन्। काउलि राम्रो छ आज, तेहि लैजानुस्। तरकारि राखेको ठाउँमा गएर हेरें। हैन पात र डाँठ मात्रै पो छ त। हैन साहुजि, काउलि राम्रो छ भन्नु भाथ्यो। खै त, पात र डाँठमात्रै छ। गुन्द्रुक बनाउन हो कि? पात पन्छाएर हेर्नु न, देखिहाल्नुहुन्छ नि। पातमा समातेर अलि वर तानें। केलाए जसरि हेरें। तल एउटि सानि काउलि बुडि निचिक्क हाँसि। ए रैछ रैछ। तर म कन्फ्युज भएँ, काउलि किन्दा पात फ्रि हो कि पात किन्दा काउलि फ्रि हो। अझै काउलि बुडिले मलाइ बालै दिन्न त। हैन किन ठस्किन्छ्यौ? लगेर मर्याकमुरुक पकाएर खाइदिन्छु अनि थाहा पाउँछ्यौ। पातको फेदैमा लुकेर बसेकि काउलि बुडिलाइ धम्क्याएँ। हिम्मत छ? तिमि जस्ताले हामिजस्तालाइ नताके पनि हुन्छ। मेरा छिमेकिहरुतिर आँखा लगाए हुन्छ, मलाइ हैन। ए बा। एकै सासमा उनले मलाइ खङ्ग्रङ्गै बनाइ दिइ गाँठे। पख एकैछिन। पात...