ओइ नयाँ हलि?
हेर्नु
त यि खुट्टैभरि
काँडाले कोतरेका, मुख कुच्याउँदै
मैले भनें। वह,
धेरै नै पो
कोतरेछ, अलि विचार
गरेर हिंड्नु पर्ने
नि, बा ले
भन्नुभयो।
हिलोबाट
खुट्टा निकालेर गह्रामा जमेको
अलि सङ्गलो पानिले
बा ले खुट्टा
पखाल्नुभयो अनि अगाडि बढ्दा बा
को कुर्कुच्चा फुटेको
देखियो, यस्तो लाग्थ्यो कि बा
को कुर्कुच्चा कुनै
अफ्रिकि महादेशको दशकौं अवधि
अनावृष्टि पिडित भुमि हो।
खिन्न भो मेरो मन।
धत्, आफैंलाइ धिक्कारें। कति पोल्दो हो त्यो हिलोले चिरा चिरा परेको मेरा बा को कुर्कुच्चा
अनि पैंताला। घामले डढेर बा को अनुहार निकै कालो देखिन्थ्यो, ज्यान सुकेको अनि मन निकै
हतास देखिन्थ्यो। गोरु अनि रोपारको मेलो बासि बस्ला भनेर।
आमाको धपडि पनि कम्ताको थिएन। उहाँले बाँकि कुरो नसम्हाल्दिने हो भने बा को प्रयास सायद व्यर्थ थियो। ४।५ जनाले काढ्ने बिउ आमा एक्लैले काढ्नुहुन्छ।
साउनको महिना भएपनि शिरमाथि नै आएर सुर्यले बिध्वंस गरेको थियो। बा यस्तो अवस्थाबारे बेखबरजस्तो देखिनुहुन्थ्यो। आफु एकपटक शितलमा गएर बसेपछि करिब १ घन्टा उठ्दैन थिएँ। त्यसो भए मेरा बा को ज्यान फलामको थियो त?
...................................................................................................................................
आमाको धपडि पनि कम्ताको थिएन। उहाँले बाँकि कुरो नसम्हाल्दिने हो भने बा को प्रयास सायद व्यर्थ थियो। ४।५ जनाले काढ्ने बिउ आमा एक्लैले काढ्नुहुन्छ।
साउनको महिना भएपनि शिरमाथि नै आएर सुर्यले बिध्वंस गरेको थियो। बा यस्तो अवस्थाबारे बेखबरजस्तो देखिनुहुन्थ्यो। आफु एकपटक शितलमा गएर बसेपछि करिब १ घन्टा उठ्दैन थिएँ। त्यसो भए मेरा बा को ज्यान फलामको थियो त?
...................................................................................................................................
रोपाइँको खासै ठेगान
थिएन। पानि पर्ने अत्तोपत्तो नै नभएपछि मेरो पनि घर जाने ठेगान भएन। बा ले पानि
नहुल्दै गोरेटो बनाएरै आलि लगाउने काम झन्डै सकिसक्नुभएको रहेछ।
जे होस्, जसोतसो रोपाइँ
हुने निश्चित भएपछि आफु पनि घर हिंडियो।
साउनको घाम, ओ माइ
गड। बिहानै आथ्थो, आथ्थो। उज्यालो नहुँदै मेलामा पुगें। बा ले त बस्तुभाउ अघाइवरि
थुप्रै मुठा बिउ पनि उखेलिसक्नुभएछ। बाँकि रहेको २ ओटा फगटिमा आलि लगाएपछि आमा खाजा
लिएर पुग्नुभयो, चिया र पप। घडि हेरें, भर्खर ८ बजेको रहेछ, जुन मेरो उठ्ने समय थियो
सहरमा।
मोबाइल एकापट्टी थन्काएको
थिएँ। थाहा थियो त्यसमा थुप्रै फोन आएको हुन्छ, तर मलाइ मोबाइलमा धेरै टाँसिनु थिएन,
अझ इन्टरनेट र फेसबुक त झन हुँदै होइन। एउटा छुट्टै, बिल्कुल फरक अनुभव।
बा को छटपटि अझै बढेको
देखेपछि सोधें, के भयो र बा?
एक हल गोरु नभए मेलो
नसकिने भो, पानि पनि सानो छ, के पो गर्ने होला, गोरु त पाइन्छ, तर हलि नै पाइन्न,
बा अलि निरास हुनुभयो।
हलि त तपाइँकै छेउमा
छ नि बा, मैले भनें। यति भन्दै गर्दा बा निकै उत्साहित हुनुहोला भन्ने लागेको थियो।
तर बा ले कुनै प्रतिकृया जनाउनु भएन। सुन्नु भएन कि भनेर फेरि दोहोर्याएँ, यसपटक
बा ले ओठ लेब्र्याउनुभयो, जसको प्रष्ट संकेत थियो, बकम्फुसे कुर नगर। तर मैले निकै
बेरमा बा लाइ हलि बन्छु भनेर कन्भिन्स गरें। बा नमान्नुमा धेरै सामाजिक र मनोवैज्ञानिक
पक्षहरु थिए, जुन म बुझ्दछु।
हलि बन्ने पक्का भइयो।
तर गोरु लिन करिब ३०
मिनेट पर जानुपर्ने भयो, त्यो पनि नाकै ठोकिने घनिघसाको उकालो। ढाड र गर्धनमा घामले
सेकेको नि मेरो बाबा। पछि मकैघारि बिचबाट झार पन्छाउँदै, निस्सास्सिएर झन्डै परान गएन।
धन्न रेबानको चस्माले आँखालाइ घामबाट झुक्क्याइराखेको थियो।
गोरु लिन जाने घर आफन्तकै
थियो। घर नजिकै पुग्दा २ जनाले अगाडि र पछाडि गरेर गोरु ल्याइरहनुभएको देखें। गोरुले
हान्ला भनेर म चौतारिमा लुकेर बसें। बँधुवा गोरुको त भरै हुन्न। काँइला दाइ अगाडि
अगाडि अनि अर्को गोरु नजिकै पछाडि थियो। पछिल्लो गोरु एकैछिन हिँडेपछि घारितिर पो सुत्त
पस्यो। माइला बा पछि पछि जाँदा झन लखेटे जस्तो भएछ, गोरु त कुलेलम गोठमा। यत्रो गर्नू?
एउटा गोरु रुंघेर म
बाटोमै करिब ३० मिनेट बसेपछि माइला बा ले गोरु ल्याउनुभयो, डोर्याएर। ओरालो बाटो,
सजिलै भयो।
मेलामा गोरु नारेपछि
जोत्ने कि साउने भन्ने प्रस्न आयो। मजा साउनु मै होला भन्ठानेर साउने भनें। के पत्तो
लाग्नु, गोरुले भनेको मान्ने भए पो। फेरि जोत्नेमै सरें।
गैरे बा (सबैले गैरे
दाइ भनेर बोलाउँछन्) मेरो गुरु। उहाँले मलाइ यसरि जोत्नु पर्छ, यस्तो ठाउँबाट गोरु
कान्ला उकाल्न पर्छ, छेउ लान यस्तो, कुना लान यस्तो भन्दै सिकाइदिनुभयो।
अब टन्टलापुर घामले
फसाद पार्यो। एक सियो लायो अनि कुलोमा मुन्टो जोत्यो, फेरि त्यहि। प्रचन्ड गर्मिले
टिकिखान नसक्ने भैयो, यत्रो जोत्नु। बा लाइ हेर्छु, अनि फेरि जोत्न थाल्छु। बडो सकस
पर्यो। त्यत्रो कन्भिन्स गरेर गोरु ल्याएको, सकिन भन्न पनि भएन। २ हल साउन मेलो निकाल्नै
पर्यो।
एकछिन त नभएको शक्ति
निकाल्दै थिएँ, तर पछि परानै जाला जस्तो भयो अनि छाहारिमा गएर बसें, एकैछिन सुतें।
बसेको करिब आधा घन्टा भएछ। उठेर हिंड्न के लागेको थिएँ, भननन बनायो। फेरि बसे अर्को
आधा घन्टा। खुबै हलि बन्ने सोख जागेको मलाइ, घामले खाइदियो। अब त सिताङ्ग भैसकेको थियो
ज्यान पनि।
खाजा आइसकेको सुचना
पाएँ। सकिनसकि त्यहाँसम्म पुगें। खाजा अनि चिसो खाएपछि फेरि प्राण भरिएको भान भयो।
पछि गैरे बा र काँइला
दाइ पनि खाजा खान आउनुभयो। म मेलामा लागें।
मेरि माइलि दिदि, जो
हरेक वर्ष झैं माइतिलाइ रोपाइँ सघाउन आएकि थिइन्, उनिकै बिजोक भैरहेको थियो। घरि बाउसेको
काम, घरि पानि लिन, घरि बिउ ओसार्न अनि घरि रोप्न, कता कता मात्रै भ्याउने? भन्दै
थिइन्, ह्या, अरुकै खेताला जान सजिलो, आफ्नो मा त सारै नै धपेडि।
जे होस्, गोरुको काम
सकियो। रोप्नलाइ भोलिपल्त अझै २ जना रोपार चाहिने भयो। तर पनि बा खुसि हुनुहुन्थ्यो।
भोलिपल्ट बिहान पुरै
व्यस्त, बासि मेलोमा। जसरि तसरि रोपाइँ सकियो भनेको अझै साना फगटि बनाएर रोप्नै रहेछ।
पर्सिपल्ट गरियो। बा को मुहारमा छुट्टै चमक थियो। बाटोमा आउँदा फडिज देखें। बा ले
झारिदिम को इशारा गर्नुभएको थियो, मैले नै पर्दैन भनें।
रोपाइँ सकिसकेपछि पो थाहा भयो कि म त एउटा ब्रान्डेड हलि पो भैसकेछु। अर्को परिचय पनि थपिइसकेपछि मन यसै यसै फुरुङ्ग भएको छ।
रोपाइँ सकिसकेपछि पो थाहा भयो कि म त एउटा ब्रान्डेड हलि पो भैसकेछु। अर्को परिचय पनि थपिइसकेपछि मन यसै यसै फुरुङ्ग भएको छ।
छन त धेरै काम बा ले
गरिसक्नु भएको थियो तर आफ्नो उपस्थितिले बा को काममा निकै सहजता ल्याएको देखेर मन
निकै प्रफुल्ल भएको थियो। आफ्नो रोपाइँ गरिसकेर त अरुले कसरि त्यस्तो घाममा पनि काम
गरेका होलान जस्तो पो हुँदो रहेछ बाइ। मलाइ त आफुले सक्दो काममा सहयोग गर्न पाउँदा
निकै गर्व लागेको छ। कतिले लोभि भयो भने, कतिले बा लाइ नै छोरालाइ जोताएको भने, कतिले
के भने भने। तर बकम्फुसे कुरौटे गफको पछाडि को लागोस्? रोपो हरियो भएको हेर्नुको मजै
बेग्लै।
गाउँमा श्रमशक्तिको
अभाव निकै रहेको पाएँ। बेरोजगार भयौं भन्न जान्ने, तास खेलेर हजारौं हार मार गर्न सक्ने,
तर काम गरेर खान नसक्ने थुप्रै जनशक्ति देखेर उदेक लागेर आयो। अरुले गरेको काम हेरेर
सित्तैमा यस्तो उस्तो भन्दै कमेन्ट गर्ने भुस
तिघ्रे देखि सित्तैमा समाचार वर पर गर्ने एफ एम हरुलाइ सुभकामना।
बा आमाले गरेको दुखमा
आफु पनि सहभागि भएर हामि पनि छम है बा आमा भन्ने आभाष दिलाउनु अत्यन्तै महत्वपुर्ण
कुरा रहेको पाएँ। जति नै व्यस्त भएपनि, जति नै सम्पत्ति कमाएपनि, आफ्नो बा अनि आमाले
खोजेको बेला र सम्भव रहेसम्म साथ दिन नसक्ने जिम्मेवारि भएका सन्ततिहरुलाइ कुरिकुरि छ है।
Comments
Post a Comment