फुटोवालि...





मन्दिरको फेरो लगाएर अनि भेटेजत्ति मुर्तिहरुमा टाउको ठोक्काउँदै अगाडि बढिरहेको थिएँ, अचानक रोक्किनु पर्यो, त्यो पनि मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिडले हैन​, दर्शन गरिसकेका जना व्युटिफुल नारिहरुको कारणले। त्यो पनि किन भनेर सोध्नुस ​, फोटो खिच्ने हतारो ले।

बाटो नपाएपछि त्यसै रोकिएँ। अरुले फोटो खिचिराखेको ठाउँबाट फ्याट्ट बाटो काट्न अकसर मेरो मन मान्दैन त्यसमाथि झन व्युटिफुल​, कसरि मान्नु। बा बा, फुटो पोज पनि अलि अलि हो ​, घरि ओठ कुच्च, ङिचिक्क​, उम्म पोज​, जिब्रो बाहिर निकालेको पोज के के के के। खैर​, एक रमिते थिएँ गर्नै पो के सक्थें ​, हो कि या चाहिन पनि, आफैं दुविधामा छु।

ठिङ्ग उभिएर रमिते बनेको साएद पोजवालिलाइ अलि अफ्ठ्यारो लागेछ क्या रे, अलि लजाएर मलाइ 'जानु' को इशारा गरि।

एकैछिन बाटोनजिकै एउटा अफिसमा मेरो अलमल थियो। पछि गाडि चढ्न गौशला पुगें। दुप्चेश्वर यातायातमा पाइलो छिराएँ। अगाडि सिट जति सबै प्याक एछ​, पछाडि एँ, एउटा सिट जो थियो। लौ अचम्म​, फोटोको लागि मेरो बाटै छेक्ने नखरमाउलि मेरै साइडमा। साएद मलाइ चिनिछ क्यारे, फेरि लजाइ।

कहाँसम्म पुग्ने तपाइँ, कुरो मैले नै सुरु गरें किनकि केटिमान्छे जहिल्यै यहि चाहन्छन कि पहिला केटाले नै सुरु गरोस्।

गोकर्ण, यत्तिमात्रै जवाफ फर्काइ। अनि फेरि चुप लागेर बाहिर हेरि। पहेंलो कुर्ता सलवार लगाएकि छे। निधारमा टिका, हातमा पुजा थालि। कत्ति सुहाको, कत्ति सुहाको भन्ने गितको चरितार्थ यहाँ भइरहेको थियो।
मित्रपार्क अकसर चावाहिलको जामले ग्रस्त हुन्छ​। त्यस्तै भयो, त्यसमाथि, साउन महिनाको सोमबार​। घरि घडि हेर्छे, कति बाहिर​, अनि घरि ओ सिट्, अलि अशान्त देखें। यस्तो बेला नबोल्नु नै उचित ठानें। मोबाइल झिकेर फोटो हेर्न थालेको थिएँ, उसले सोधिः तपाइँ कहाँ सम्म नि?

बोलिको मिजासिलि रहिछिन नानि त​, मनमनै सोचें। अघिको त​ँ किन किन तिमिमा परिणत भयो। अझ बोलिमा त तपाइँ नै।

म Bauddha​ सम्म​। अनि फोटो धेरै नै खिच्नुभयो त पोज पोज को, मैले माहोल अलि रमाइलो बनाउने प्रयत्न गरें।

उनि अलि लजाइन्। अलि अलि, यत्ति मात्रै भनिन्।

व्रत पनि बस्नुहुन्छ कि पुजा पाठ मात्रै हो, मैले जामको उपयोग गर्ने हिसाबले कुरा सुरु गरें।

पानि पनि नखाइकन​, उनले बडो उत्साहित हुँदै भनिन्। के गर्नु, यो एक महिना अलि दुख गर्दा जिन्दगिभरि सुख मिल्छ कि भनेर नि, अब त उनि अलि खुल्न चाहेकि थिइन्।

हुनेवाला श्रिमानको लागि यत्ति कठोर व्रत बसेपछि माया पनि पोल्टाभरि नै हुने भो नि, यति भन्दै गर्दा फेरि शर्मिलि देखिइन्।

सायद

गाडि टसका मस थिएन सबै स्टार्ट बन्द गरेर बसेका थिए। कथाको माग हो या अर्कै, मैले बुझ्नै सकेको थि इन मनमा यत्ति थियो कि मेरि आमालाइ एउटि सुशिल नारि बुहारिको रुपमा चाहिएको थियो। सुशिलको अर्थ के हुन्थ्यो मलाइ थाहा थिएन

बुवाले झन छिट्टो गरेर आउ है छोरि भन्नुभएको थियो, झन आजै यस्तो, उनि निकै वेचैन देखिन्थिन्, अनुहार कुच्याए पनि राम्रि, रिसाए झनै राम्रि, अलि अलि नौटंकि झन ज्यानमारा नै थियो, कस्सम जाम देखेर उनि क्रोधित नै बनेकि थिइन्। मोबाइल निकालेर बुवालाइ जाममा परेर अलि ढिला हुने जानकारि दिइन्।

तपाइँलाइ के लाग्छ कि पानि पनि नखाइकन व्रत बसेर भनेकै जस्तो श्रिमान पाइएला त​? उनको सोचाइ जान्न चाहें।

व्रत श्रिमान मात्रै राम्रो पाइयोस भनेर भन्दा पनि भविष्य अलिक राम्रो अनि सम्बन्धहरु बलियो हुन्छन कि भन्ने आशा हो ए बा, कस्तो लिटरेरिक जवाफ​।

श्रिमान कै कुरो गरम न ल​, तपाइँको राम्रो श्रिमान को परिभाषा चाहिं के?

आफुलाइ बुझ्न सक्ने, पढाइ पनि राम्रै भ​एको, जाँड रक्सि र अन्य कुलतमा नफसेको, बरु पैसा धेरै नै नकमाएको किन नहोस्, त्यस्तै, पुजा थालिको बिट पुच्दै भनिन्।

मनमनै उनको क्राइटेरियामा म पर्छु कि पर्दिन भनेर हिसाव गर्न थालें। उनको 'पैसा धेरै नै नकमाएको किन नहोस' ले त मन किनै फुरुङ्ग भयो बावै, यसै यसै। मेरो त A+ नै आएजस्तो भो SEE मा।

भि आइ पि को सवारि रे, सहचालक भाडा उठाउन आउँदा भनेको। मैले ५० को नोट दिएँ, उसले २ जनाको कटाएर फिर्ता दियो, एकपटक पनि सोधेन कि १ जनाको काट्ने कि २ जनाको। उनले अफ्ठ्यारो मानिन्, आफ्नो भाडा आफैं तिर्न उनि अडिग देखिइन्। जे होस्, जित मेरै भयो।

क्रमश​:


Comments

Popular posts from this blog

Refund (Play) by Fritz Karinthy - Characters, Summary, Analysis- Grade 11

What I Require From Life? by J.B.S. Haldane (Summary, Main Points, Analysis, Question-Answers)- Grade 11

The Awakening Age by Ben Okri (Symbols, Themes, Imagery, Summary, Analysis and Interpretation)- NEB Grade 12- English