Posts

Showing posts from 2019

फुटोवालि...

Image
मन्दिरको फेरो लगाएर अनि भेटेजत्ति मुर्तिहरुमा टाउको ठोक्काउँदै म अगाडि बढिरहेको थिएँ , अचानक म रोक्किनु पर्यो , त्यो पनि मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भिडले हैन ​, दर्शन गरिसकेका २ जना व्युटिफुल नारिहरुको कारणले। त्यो पनि किन भनेर सोध्नुस न ​, फोटो खिच्ने हतारो ले। बाटो नपाएपछि म त्यसै रोकिएँ। अरुले फोटो खिचिराखेको ठाउँबाट फ्याट्ट बाटो काट्न अकसर मेरो मन मान्दैन ​ । त्यसमाथि झन व्युटिफुल ​, कसरि मान्नु। ए बा बा , फुटो पोज पनि अलि अलि हो र ​, घरि ओठ कुच्च , ङिचिक्क ​, उम्म पोज ​, जिब्रो बाहिर निकालेको पोज के के के के। खैर ​, म त एक रमिते थिएँ गर्नै पो के सक्थें र ​, हो कि या चाहिन पनि , म आफैं दुविधामा छु। म ठिङ्ग उभिएर रमिते बनेको साएद पोजवालिलाइ अलि अफ्ठ्यारो लागेछ क्या रे , अलि लजाएर मलाइ ' जानु' को इशारा गरि। ​ एकैछिन बाटोनजिकै एउटा अफिसमा मेरो अलमल थियो। पछि गाडि चढ्न म गौशला पुगें। दुप्चेश्वर यातायातमा पाइलो छिराएँ। अगाडि ...

ओइ नयाँ हलि?

Image
हेर्नु त यि खुट्टैभरि काँडाले कोतरेका , मुख कुच्याउँदै मैले भनें। वह ​, धेरै नै पो कोतरेछ ​, अलि विचार गरेर हिंड्नु पर्ने नि , बा ले भन्नुभयो। हिलोबाट खुट्टा निकालेर गह्रामा जमेको अलि सङ्गलो पानिले बा ले खुट्टा पखाल्नुभयो अनि अगाडि बढ्दा बा को कुर्कुच्चा फुटेको देखियो , यस्तो लाग्थ्यो कि बा को कुर्कुच्चा कुनै अफ्रिकि महादेशको दशकौं अवधि अनावृष्टि पिडित भुमि हो। खिन्न भो मेरो मन​। धत्, आफैंलाइ धिक्कारें। कति पोल्दो हो त्यो हिलोले चिरा चिरा परेको मेरा बा को कुर्कुच्चा अनि पैंताला। घामले डढेर बा को अनुहार निकै कालो देखिन्थ्यो, ज्यान सुकेको अनि मन निकै हतास देखिन्थ्यो। गोरु अनि रोपारको मेलो बासि बस्ला भनेर​। आमाको धपडि पनि कम्ताको थिएन​। उहाँले बाँकि कुरो नसम्हाल्दिने हो भने बा को प्रयास सायद व्यर्थ थियो। ४।५ जनाले काढ्ने बिउ आमा एक्लैले काढ्नुहुन्छ​।  साउनको महिना भ​एपनि शिरमाथि नै आएर सुर्यले बिध्वंस गरेको थियो। बा यस्तो अवस्थाबारे बेखबरजस्तो देखिनुहुन्थ्यो। आफु एकपटक शितलमा ग​एर बसेपछि करिब १ घन्ट...

कालिः एक सुन्दर सपना

Image
झिसमिसे बढ्दै अँधेरि रातले छिटो छिटो फड्को मारिरहेको थियो। झ्याउँकिरिहरुको एकनासको आवाजले वातावरण शान्त बन्न पाइरहेको थिएन ​ । हर्के दाइ ले  तल बेशिबाट ल्याएको एकभारि घाँस पिंढिमा ह्वात्त फाले र खुइए गर्दै नजिकै झुन्ड्याएर राखेको शर्मिला भाउजुको धोतिको एक छेउले पसिना पुछे। भैंसिले हर्के दाइको आगमन अनि बेसिको खस्रेतो घाँसको छनक पाएरै होला , दाम्लो नै छिनाउला गरि उफ्रिन थाल्छ। आइँ , आइँ… ल ल ​, अब धेरै नकराउ , हर्के दाइले एक अँगालो खस्रेतो घाँस लगेर कालि माउको अगाडि फाले। कालि आफ्नो नवजात शिशुलाइ पुलुक्क हेर्छे , सायद उसलाइ पनि घाँस ख्वाउन सिकाउँदै होलि अनि आफ्नो पेट भर्न थाल्छे। कालिलाइ हर्केदाइ खुबै स्याहार सुसार गर्छन्। मिठा मिठा घाँस खोजेर ल्याउने , ढाड कन्याइदिने , बेला बेला नुहाइदिने यस्तै यस्तै। र त पहिलो बेतमै छाके पाथि भाकि थि कालि पनि। एउटा गज्जबको सँयोग थियो , भैंसि स्याहार्नुको फाइदामा। शर्मिला भाउजु दुइ जिउकि छिन्। घरमा छाके पाथि दुध ...