कथाः शर्मिला
मेरो अर्को ड्युटि सुरु हुनै लाग्यो , म अहिले जान्छु पछि कुर गरौंला भनेर शर्मिला अफलाइन भए पनि म भनें अवाक भएँ। खासगरि उनको जिबनमा घटेका घटनाहरुको श्रिङ्खलाहरु हेर्दा नदेखिने तर व्यक्तिलाइ भित्रिरुपमा खोक्र्याउन पर्याप्त थिए। एउटा छटपटि लाग्दो कहानिले शर्मिला पिडित भइरहेकि थिइन्। खाना खाने बेला भएको रहेछ, तर खान मन लागेन, एक कप कफि उमालें अनि बरन्डामा निक्लेर एकटक आकाश नियालें, काला बादलहरुले छेकेर बसेका रहेछन्। पल्लो झ्यालबाट एउटा सानि नानिले चम्चा खसालेकि रहिछन्। "टङ्ग्र्याङ " आवाजले म झस्किएँ।
"टङ्ग्र्याङ " आवाजले म झस्किएँ। भर्खर +२ ज्वाइन गरेर २/४ दिनमात्र भएको थियो कलेज जान थालेको। म ब्वाइज साइडको पछिल्लो लहरमा बसेर केहि पढ्दै थिएँ, टङ्ग्र्याङ आवाजले झसङ्ग भएँ। २ जना केटिहरु थिए क्लासमा। एउटिको ब्यागबाट २ रुपैयाँको सिक्का भुइँमा झरेको थियो। छेउपट्टि बस्नेले पछाडि फर्केर मलाइ हेरि अनि ढल्केर टिपि। मैले खासै वास्ता गरिन। चिनजानि पनि खासै भएकै थिएन।
अरुबेला खासै वास्ता नभएपनि जब मेजर इङ्ग्लिसको समय हुन्थ्यो, तब ति केटिसङ्ग अलि नजिकिने समय पर्दथ्यो। हामि जम्मा चारजना त थियौं क्लासमा। तिनजना केटा, अनि उ एकजना केटि, पढ्नमा निकै तेज रहिछिन्, पछि थाहा भयो। हामि उनिसङ्ग नोट माग्थ्यौँ, अक्षर सार्है राम्रा थिए, बुट्टा भरेका जस्ता, छापा। उनि बोल्नमा पनि अलि अगाडि नै, म एकदमै कम बोल्ने।
नोट लिने र दिने वाहना धेरै नै भैसकेको थियो, उनको सङ्गतले मलाइ अलि खुल्न मद्दत गरेको थियो, म अल्लि बोल्न थालेको थिएँ।
कक्षा ११ को एक्जाम सुरु भयो। हरेक दिन हामि एकार्काले कस्तो गर्यो, यति मिल्यो, यति बिग्रियो भनेर नम्बर गेस गर्थ्योँ। अन्तिम दिन हाम्रा २ जना साथिहरु एक्जाम दिएर गइसकेका रहेछन्। हामि २ जना मात्र थियौँ। म र उनि, अर्थात शर्मिला। नाम मेरो अनुराग भएपनि उनि मलाइ अनु भनेर केटिलाइ जसरि बोलाइदिन्थिन्। मैले एक्जाम अलि बिग्रेको कुरा गरें। उनले यताउति हेरिन अनि मेरो चुच्चो नाक समाएर "खुब बिग्र्यो होला चुच्चे बाउनको" भनेर भनिन्। म लाजले रातोपिरो भएँ।
अब शर्मिला मेरि साथिमात्रै थिइनन्। खै, यसै यसै उनि मलाइ खास लाग्न थालेकि थि इन्। कुनै दिन उनि कलेज नआउँदा मलाइ छट्पटि हुन्थ्यो। सायद लव परेको पो थियो कि, तर न मैले उनलाइ माया गर्छु भनें, न त उनले नै।
कहिलेकाहिं हामि छतमा बसेर घन्टौं कुरा गर्थ्यों, त्यो पनि पढेको बहाना बनाएर। हामि एक अर्कालाइ मनपर्ने ठाउँ, खाना, सिनेमा यस्तै यस्तै बिषयमा कुरा गर्थ्यों। अव्यक्त स्थितिमै हामि दुबै जनालाइ एक अर्कालाइ मन पराउने कुरो थाहा थियो। एकदिन मैले उनको किताबमा रुमाल रखिदिएको थिएँ, उनले पनि चाबि झुन्ड्याउने किरिङ्ग रखिदि इछन्। प्रेमको चिनो थियो, सायद।
जब मन परेको मान्छे साथमै हुन्छन्, समय निकै छिटो चलेको महसुस हुन्छ, तर जब उनिहरु टाढा हुन्छन्, घडिको सुइ निदाएको जस्तो अनुभुति हुन्छ। कक्षा १२ को अन्तिम दिन उनले एउटा कापिको पन्ना मेरो झोलामा राखिदिएकि रहिछिन्। खोलेर हेरें "तिमिलाइ सधैं वरिपरि देखिरहन मन लाग्छ" लेखेकि रहिछिन्। आजसम्म पनि त्यो कापिको पन्ना म सङ्गै सुरक्षित छ।
करिव २० दिनपछि हाम्रो भेट भयो। चुलबुले स्वभावकि उनि, अलि आत्तिएकि थि इन्। मैले के भयो भनेर सोधें, उनि केहि बोलिनन्। उनि केहि भन्न चाहन्थिन्, तर कुरा घाँटिबाट माथि आउन सकेनन्। बरु उनि एकछिनपछि, उठेर गइन्, एकपटक पछाडि फर्केर हेरिन अनि मोड काटेर गइन्। १ हप्तापछि सुनें, शर्मिलाको त बिहे भएछ। बल्ल थाहा भयो, शर्मिला किन बोल्न सकिरहेकि थि इनन्। असैह्य पिडा भएपनि, के नै गर्न सकिन्थ्यो र। अहिले जस्तो मोबाइल भएको भए त पक्कै सोध्ने थिएँ, कि शर्मिला, मलाइ एकपटक पनि तिम्रो बिहे हुँदैछ भनेर जानकारि दिन आवस्यक ठानिनौ?
करिब ५ वर्षपछि फेसबुकको जमाना आइसकेको थियो। एकदिन शर्मिलाको फेसबुक देखें, एड गरें। बोल्न निकै मन लागेको थियो र सोध्न मन लागेको थियो कि उनले मलाइ एकपटक पनि किन भन्न सकिनन्, उनको बिहे हुँदैछ भनेर। तर हाइ हेल्लो मै सिमित रह्यो। अलि वर्षपछि भाइबर अनि ह्वाट्सएप आयो। उनले मेसेञरमा मेरो नम्बर मागिन, ह्वाट्सएपमा एड गर्न रहेछ।
करिब ८ वर्षपछि शर्मिलाको आवाज सुन्ने मौका मिल्यो। उनले ह्वाट्सएपमा कल गरेकि थिइन्। सोध्न मन लागेको थियो त्यो ८ वर्ष अघिको कथा, तर उनले मलाइ बोल्ने मौकै दिइनन्। फोन रिसिभ गर्नेबित्तिकै उनि रुन थालिन र मलाइ निकै मिस गर्ने कुरा बताइन्। मेरा आँखाहरु यसै यसै डम्म भरिएर आयो।
शर्मिलाको बिहे उनको घरभन्दा २ गाउँपारि पुलबजारका रोशनसङ्ग भएको रहेछ। रोशन शर्मिलाभन्दा करिब १२ वर्ष जेठा रहेछन्। उनि १९, उ ३१। जर्मनिमा पिआर भएपछि उ नेपाल बिहे गर्न आएको। जर्मनिको पिआर भनेपछि, शर्मिलाको परिवारले केहि सोद्धै नसोधि उनको बिहे फिक्स गरिदिएछन। त्यसपछि उनिलाइ घर बाहिर जान अनुमति थिएन। म सङ्ग भेट्दा उनि निकै डराएकि मात्रै थिइन्। कारण तेहि रहेछ।
"जब तिमिसङ्ग अन्तिमपटक भेट भएको थियो, मलाइ निकै रुन मन लागेको थियो, तर मलाइ बाबाको निकै डर थियो। त्यतिबेलाको समाज, तिमिलाइ त थाहा छँदै छ। मलाइ एकपटक पनि सोधिएन कि म के चाहन्थेँ", उनले भनिन्।
अनि?
विहेको करिब २ हप्तापछि रोशन जर्मनि उड्यो, मेरो पासपोर्ट बनाउने काम सकाएर। करिब ५ महिनाको कहिले काठमान्डु र कहिले पुलबजारको बसाइपछि मेरो भिजा लाग्यो। त्यो बिचमा मैले तिमिलाइ भेट्न नसकेपनि तिम्रो बारेमा केहि न केहि खबर पाएकै हुन्थें, अनुराग। मैले मेरा भित्रि चाहनालाइ त तिलाञलि दिएकि थिएँ। मनमनै लाग्थ्यो कि यो नै मेरो लेखा हो। यदि त्यो बेलामा पनि मोबाइल हुँदो हो त म तिमिसङ्ग कति रुन्थें होला। बडा घरमा त रुन पनि अनुमति चाहिने रहेछ, अनुराग। भिजा पाउँदा पनि दुखि हुनुपर्ने म कति अभागि हुँला?
तिमिसङ्ग एकपटक निकै भेट्न मन लागेर सरला लाइ सोधेको थिएँ, तिमि १ महिनादेखि घरमा थिएनौ रे।
म एअर इन्डियाको फ्लाइटबाट दिल्लि हुँदै Frankfurt आएँ, रोशन मलाइ कुरेर बसेको रहेछ। हामि कारमा त्यहाँबाट Stuttgart गयौं। मलाइ सुरुमा भाषाको निकै समस्या पर्यो, मैले जर्मनि भाषाको क्लास पनि लिएँ।
हामि हप्ताको एकपटक बाहिर खाना खान जन्थ्यौं। रोशनलाइ मैले पति मान्नै अलि समय लाग्यो। शारिरिक भोगाइले मात्र मान्छे श्रिमान श्रिमति हुन सक्दैनन भन्ने मैले बुझें। उ मलाइ माया गर्थ्यो, मेरो ख्याल रख्थ्यो।
करिब ५ महिनापछि मैले पनि एउटा स्टोरमा काम गर्न थालें। अब कामले मलाइ व्यस्त बनाउन थाल्यो। मैले २ सिफ्ट काम गर्न थालें, एउटा स्टोरमा अनि अर्को McDonald मा।
एकछिन पख है, उनले तनतन आधा बोत्तल पानि पिइन र झोलामा राखिन्।
त्यसपछि?
त्यसपछि म यहाँको जिबनमा अभ्यस्त हुँदै जान थालें। बेला बेला मेरो माइति, बाबा, ममि अनि तिम्रो याद मलाइ रुवाउन पर्याप्त थिए।
करिब २ वर्षपछिको कुरा, एकदिन म कामबाट घर फर्कँदै थिएँ, बाइकमा। मैले बाटो क्रस गर्नु पर्ने थियो, अचानक पछाडिबाट आएको ट्रकले ठक्कर दियो।
ओह नो! तिमिलाइ केहि त भएन नि? बिचैमा कुरा काटें।
मलाइ हस्पिटल लगियो। अभागीले खाने बेला हुरि बतास आउँछ भन्थे, मैले त धेरै अगाडिनै हुरि बतास सामना गर्नु पर्यो। जुन कुराको मलाइ डर थियो, आखिरि तेहि भयो। पाठेघर दबारिएको थियो, नराम्रो सङ्ग। पछि थाहा भयो, अप्रेसन गर्नु पर्नेभएछ। कुरो पक्का थियो, मेरो सन्तान जन्माउने चाहना, अधुरो रहनेवाला थियो। रोशन हस्पिटल आइसकेको थियो। उसले मलाइ निकै हौसला दियो, मलाइ निकै सुम्सुम्यायो। आखिरि श्रिमान र श्रिमति भन्दा नजिकको नाता सन्सारमै छैन, किन कि सारा जिबन एकअर्कालाइ साथ दिएरै बिताउनुपर्छ यि दुइले।
करिब ५ दिनको हस्पिटलको बसाइपछि बल्ल घर जान पाइयो। जिबनमा सोच्दै नसोचेको एउटा कहालिलाग्दो घटनाले निकै ठुलो पिडा दिएपनि, मलाइ लाग्यो कि आखिर रोशन म सङ्ग भएसम्म मलाइ चिन्ता लिनुपर्ने कुरै छैन। फेरि मनले के के सोच्यो सोच्यो, आखिरि म आमा बन्न नसक्ने भएपछि त रोशनले अर्को बाटो अपनाइहाल्ला नि। बनको बाघले नखाएपनि मनको बाघले मलाइ नराम्रोसङ्ग चिथोरिरहेको थियो।
अप्रेसनको घाउ निको भएपछि म पुनः काममा फर्किएँ। २ वर्ष बितेको पत्तै भएन। तर आमा बन्न नस्क्ने पिडा कम्ता बोझिलो बनेन। म सोच्न पनि सक्दिन थिएँ कि आमा बन्न नसकेका नारिहरुको मनमा के के खेल्दो हो? कति मानसिक पिडा हुँदो हो। कसरि बस्दा हुन त्यो परम्परागत समाजलाइ झेलेर। यहाँ त समाजले यस्ता कुरामा अर्काको खोजिनिति नै गर्दैन। मलाइ यस्ता कुराले निकै तनाब दिन्थ्यो र रिँगटाले म कहिले काहिं ढल्थें पनि।
घरमा यो बिषय गोप्य राख्न मैले रोशनलाइ निकै आग्रह गरें। उसले मेरो कुरामा सहमति जनायो। मैले मेरि आमाबाट यो कुराहरु लुकाएर राख्न सकिन। एकदिन हामि आमछोरि निकै रोयौं। मेरो मन निकै हलुका भयो।
समयक्रमसङ्गै रोशनमा केहि बदलाब आउन थाल्यो। साना साना कुराहरुमा उ झर्कन थाल्यो। मलाइ डर लाग्न थाल्यो, कतै रोशनको मन बदलिएको त हैन? उ रिसाएपनि मैले अवस्थालाइ सहज बनाउथेँ, निकै पिडा भएपनि। यसरि करिब ३ वर्ष मैले निकै अफ्ठ्यारो परिस्थितिको सामना गरें। सायद मेरि आमाले यो कुरा बुझ्नुहुन्थ्यो अनि मलाइ निकै मनोबल प्रदान गर्नुहुन्थ्यो।
त्यसपछि रोशन २ महिनाको बिदामा नेपाल फर्कियो। हामिबिच निकै कम कुराकानि हुन्थ्यो, सन्चो बिसन्चो मात्रै। अनुराग, जिवनमा आफुले जे नहोस भन्छु, तेहि तेहि भइदिन्छ, जे होस भन्यो, त्यो असम्भव बनिदिन्छ। मेरो त कर्मै खोटो, चोट र पिडा मात्रै छ कि जस्तो छ भागयमा पनि। रोशनले नेपाल आएर दोस्रो बिहे गरेछ, त्यो पनि एकपटक मलाइ थाहा नै दिइएन। त्यसपछि त उसको फोननै नलाग्ने भयो। दोस्रोपटक अर्को बज्रपातको सामना गर्नुपर्यो। एउटि नारिले सबैभन्दा ठुलो पिडा खप्नु भनेकै भने सौता हाल्नु हो। म के नै गर्न सक्थें र? बच्चा पाउन नसक्नुमा मेरो के नै गल्ति थियो र?
अब मेरो अगाडिको धरति कुनै साहारा रहेन। यो त चिरैचिरा परेको एउटा कुरुप बस्तुमा परिणत भयो। अब मलाइ लाज्ञ्ो कि जिबन जिउनुमा कुनै अर्थ नै रहेन। मेरो मुटु म सङ्गै भएपनि धड्कन अन्तै मोडिएको थियो। आत्महत्या गर्ने मनसायले चिट्ठि लेखें, एउटा आमालाइ र अर्को मेरो लोग्ने भनाउँदोलाइ। तर अन्तिम समयमा आमको निकै याद आयो। सोचें, मेरो के नै गल्ति छ र जसको कारणले म झुन्डिन बाध्य छु। मेरो मनमा छुट्टै साहस पलाएर आयो। अघिसम्म निकै कमजोरि भएकि म अहिले निकै शक्तिशालि भएँ। मलाइ लाग्छ, मैले तेतिबेला पुनर्जन्म पाएकि हुँ।
अोहो, शर्मिलाको जिबनका घटनाहरुले तर्साएपनि, पछिल्लो मोडले मलाइ शान्त गरायो। अनि?
त्यसपछि मलाइ त्यहाँ बस्न मन लागेन। यसलाइ मेरो हारको रुपमा नलेउ है, उनले भनिन्। मैले जसलाइ आफ्नो सर्वस्व ठानेकि थिएँ, उ नै अर्काको भएपछि मलाइ त्यो ठाउँमा एकैछिन बस्न मन लागेन। मैले काम गर्दा चिनेको एउटा साथि Tubingen मा बस्ने गर्दथि। म उनिसङ्गै बस्न थालें। रोशन मेरो कुनै एउटा परिचित जस्तो मात्र भएको थियो, जो सङ्ग मेरो दशक बितेको थियो। आजभोलि जब तिम्रो परिवारको फोटो देख्छु, कता कता जलन तर पनि सन्तुस्ट महसुस गर्छु। कास.......
झोलाबाट बोत्तल निकालेर पानि पि इन्।
अब मैले एउटा निर्णय गरेकि छु, पानिको बोत्तल झोलामा हाल्दै उनले भनिन्। सायद म छिट्टै नेपाल फर्किन्छु। खै किन किन उनि निकै सन्तुस्ट देखिन्थिन्। उनको उज्यालो अनुहार देखेर मलाइ पनि निकै रमाइलो लाग्यो
अनि तिम्रो परिवार? रोशन? मैले अलि जान्न चाहें।
तिमि कुन परिवारको कुरा गर्छौ, जहाँ मेरो कुनै अस्तित्व नै छैन। म त एउटि मेसिन भएकि छु, प्रयोगमा आउँदासम्म प्रयोग गरियो, अहिले खिया लागेको छ, त्यसैले त कबाडिमा बेचिन लागेकि छु। अब मलाइ पलपल मर्नु छैन। म मरेर पनि बाँचेकि मान्छे हुँ। यसरि सधैंभरि मरेर बाँच्नुभन्दा म यो भुमरिबाट बाहिर निक्लिन चाहन्छु।
कसरि?
डिभोर्स। हो अनुराग म रोशनलाइ डिभोर्स दिँदै छु। उसले दोस्रो बिहे गरेको म सङ्ग कुनै प्रमाण पनि छैन, नत्र म बहुबिवाहको मुद्दा हाल्न सक्थें। अब म त्यो झमेलामा पर्न चाहन्न। म सङ्ग आफु बाँच्न सक्ने सिप छ, अलि अलि बचत पनि। नेपाल आएर एउटा घर बनाएर बस्ने क्षमता छँदै छ। मलाइ यति मात्र हेर्ने इच्छा छ कि नेपालमा बिदेशको पि आर छ भन्दैमा हुत्तिएर आफ्ना छोरिहरु जस्तोसुकै मान्छेलाइ नसुम्पिउन्।
यति भनेर उनि टक्क रोकिइन्। पानि निकालेर घट्घट पिइन्। अनि एकपटक रोइन्।
मलाइ के भन्ने भन्ने दुबिधा पर्यो। भनें, मैले केहि सहयोग गर्न सक्ने भए भन, नेपालमा। सकेको सहयोग गर्नेछु।
उनि अझै रोइन्, रोइरहिन्। एकछिनमा रोकिइन अनि आँशु पुछिन्। भाउजुलाइ सोधेको छु भनेर भन्देउ भनिन्। अनि मेरो अर्को ड्युटि सुरु हुन लाग्यो भनेर अफलाइन भइन्।

Comments
Post a Comment