Romeo & Juliet? ओ नो




उनिहरुजस्तै म पनि १३ युरो तिरेर ट्रेनमा फ्रान्कफर्टबाट बर्लिन गैरहेको थिएँ। प्लेनबाट १ घन्टा १० मिनेट​मा यात्रा गर्न सकिने भ​एपनि १६० युरो मेरो लागि अलि ठुलो रकम थियो। 

१५ डिग्रि तापक्रम रहेपनि मौसम धुम्म थियो। तै पनि केहि स्थानमा हरिया घाँसे मैदान अनि विन्डमिल चलेको प्रष्ट देखिन्थ्यो। एकैछिनमा मौसम धेरै नै खुलेको देखियो, अनि निकै मनमोहक दृश्य पनि। करिब ५ घन्टाको अन्तिम क्षण वर्णन गर्दै छु यहाँ जुन मेरो लागि अलि विशेष रह्यो। 

मेरो सिट अघिल्तिर एक जोडि थिए, निकै प्रेमिल​। खै किन हो, मलाइ बाहिरि सुन्दरताले भन्दा पनि यताकै दृश्य रमाइलो लागिरहेको थियो। म एकैपटक झसङ्ग भ​एँ जतिबेला मलाइ थाहा भयो कि उनिहरु नेपालि नै रहेछन्। मनमा एकप्रकारको रमाइलो र आत्मियता अनुभव पनि भयो। नबोलिकनै। अब उनिहरु केहि प्रेमिल बातमा रमाउन थालेको मैले अनुभव गरिरहेको थिएँ। Gelnhausen पुग्दै गर्दा ति केटिले केटाको हात चप्प हमातेर भनिन्, हाम्रो प्रेम पनि निकै अमर भैदिए...





Romeo Juliet को जस्तै?

अहँ।

Cleopatra and Mark Antony?

No. 

Odysseus र  Penelope को जस्तै? 

अहँ।

ए ए Layla र Majnun को जस्तै?

हैन के। उनि अलि ठस्किएकि जस्ति देखिन्थिन्। तिमिलाइ थाहा छैन​, ति त विगत थिए, वर्तमानमा त खड्ग​ सर र विध्या म्यामको जस्तो प्रेम पो प्रेम त​। बाँकि निकै फिक्का फिक्का लाग्छन मलाइ त, पुराना कहानिमै सिमित्। प्रेम होस त यस्तो, एउटालाइ घाउ लाग्दा अर्कोलाइ दुख्ने। 

केटो सायदै राजनितिमा चाख राख्दो हो, उ मौन रह्यो। 

एकैछिनमा बर्लिन पुगेर ट्रेन रोकियो। मलाइ Friedrichstraße जानु थियो। निःशब्द भ​एर म आफ्नो बाटो लागें। मनमनै सोचें, ओहो, इतिहास त आफ्नै देशमा रचिंदै रहेछ​। 

 

Comments