धतुरे प्राणि
अलि अलि साँझ छिप्पिएर रातको आगमन नजिकै थियो। अफिसबाट घर फर्कंदै गर्दा नजिकैको मेडिकलमा एउटा मास्क किनें।
मेडिकलबाट यसो अगाडि बढ्दै गर्दा कसैले मेरो पिछा गरेको अनुभुति भयो। सहर यसै यसै सुनसान छ। लकडाउनले सबै पसलहरु बन्द भएपछि त सम्साँझै डराइमर्नु पो हुँदोरहेछ। मैले छिटो छिटो पाइला चालें, तर त्यो व्यर्थ रह्यो किनकि म जति छिटो हिंड्छु, उ मलाइ त्यति छिटो पछ्याउँछ, तर फेरि उछिनेर अगाडि जाँदैन। अलि पर पुगेपछि बत्तिको उज्यालोमा डराइ डराइ पछाडि फर्किएर हेरें, एउटा अस्पष्ट चित्रजस्तो, अझ भनौं छायाँजस्तो देखिने वस्तु पो रहेछ मलाइ पिछा गर्ने त।
मन चिसो भयो। म त बेस्मारि दगुरें किनकि अब म बस्ने घरतिर छिर्ने गल्लि नजिकै थियो। म यसो टर्न लिन के खोजेको थिएँ, अघि मलाइ पिछा गर्ने वस्तु त ठ्याक्कै जम्काभेट भयो। डरले म थचक्कै बसें, किनकि त्यो चलायमान वस्तुको किनै स्पष्ट अनुहार नै थिएन, थियो त केवल काँडा जस्ता देखिने वस्तु। (गाउँघरतिर पाइने धतुरो जस्तो)
निकै डर लागेपछि जे त होला भन्ने हिम्मत पनि कता कताबाट आउँदो रहेछ। अगाडिको वस्तु स्थिर अवस्थामा थियो, बिगारै गर्नु थियो भने त किन रोकिन्थ्यो र जस्तो लागेर हिम्मत जुटाएर सोधेंः Who the hell are you?
KORONA, people also know me as COVID. उताबाट उत्तर आयो।
मलाइ किन पिछा गरेको? अनि किन मेरो बाटो छेकेको? मैले सोधें।
Because I need to talk to you.
के कुरा?
एकैछिन साइडमा बसेरै कुरा गरौं न, KORONA ले नरम भएर प्रस्ताव राख्यो।
साइडमा गएर बसिसकेपछि ले सोध्योः Tell me one thing, why do people get so fucking scared of us?
किनकि तिमिहरुले हामि मानवहरुमा एउटा डर पैदा गरेका छौ, ज्यान लिएका छौ, जागिर खोसेका छौ, बेघर बनाएका छौ, टुहुरा बनाएका छौ, तवाह मच्चाएका छौ सारा जगतमा। आज हामि एक ठाउँबाट अर्को ठाउँसम्म जान पाएका छैनौं, साथिभाइहरुसँग रमाइलो गर्न पाएका छैनौं।
अनि मानव जगतलाइ लागेको छ कि यो सबैको जड हाम्रो जाति नै हो। Crazy Human Beings, Nonsense, उसले अलि रिसाएजसरि भन्यो।
त्यो त स्पष्ट नै छैन र? आज हाम्रै देशमा महामारिको रुप लिएको छ। अक्सिजनको अभावमा सास फेर्न नसकेर मान्छेहरुले अकालमा ज्यान गुमाउनु परेको छ।
बुझाइ यहिंनेर गलत छ मित्र, उसले मलाइ मित्र भनेर सम्बोधन गर्यो। मानवजाति वर्षौंदेखि अनेक खालका समस्याहरु पालेर बस्छन्। उनिहरुलऐ स्वास्थ्यको कुनै मतलव नै छैन। खानेबेला याद गर्छन उनिहरु? मदिरा, अत्याधिक चिल्लो अलि मसालेदार खानेकुराहरु, तारेका खानेकुरा, ड्राइफुड, कोल्ड ड्रिन्क्स, के के के के। शरिरको लागि कति चाहिन्छ, व्यायम के हो किन चाहिन्छ, कहिल्यै ख्याल राख्छन्? प्रेसर, सुगर, मुटुरोग, किड्नि, Gyastritis अनेक रोग वर्षौंदेखि पाल्ने अनि अहिले आएर मृत्युचाहिं कोरोनाले गर्दा? लाज लाग्दैन? उ निकै उत्तेजित देखिन्थ्यो।
म केहि बोलिन।
केहि समयको मौनता तोड्दै उसले भन्यो: ल ठिकै छ, हाम्रो भेरियन्टहरुले मान्छेहरुलाइ अलि गाह्रै बनाएको हो, ज्वरो फुटाएकै हो। तर मृत्युवरण उनिहरु आफैंले पालेको रोगले निम्त्याएको हो। बात करता हे, यसपटक त हिन्दि डाइलग पनि दियो।
ल ठिक छ। त्यसोभए, हामिले के गर्नुपर्यो त तिमिहरुबाट छुटकारा पाउन?
दैनिकि। आफ्नो दैनिकि सुधार। समयमै उठ्ने, योगा व्यायम गर्ने, पोसिलो खानेकुरा चाहिने मात्रामा खाने, शरिरलाइ हानि हुनेकुराहरु नखाने, अत्याधिक चिल्लो, पिरो सकेसम्म कम खाने, पानिको मात्रा मिलाउने जस्ता साधारण कुराहरुमा अलि ध्यान दिए हामि कुनै समस्या बनिरहन सक्दैनौं।
यति जाबो कुराहरुमा ध्यान नदिँदा पनि यस्ता समस्याहरु आइपर्छन र भन्या? मैले जान्न चाहें।
मानव जगतको ठुलो भुल नै यहि हो कि उनिहरु आफुले आफुलाइ निकै जान्ने बुझ्ने सम्झिन्छन्, तर व्यवहारमा जिरो। अनि यस्तै साना कुराहरुमा ध्यान नदिँदा परलोकको यात्रा तय गर्छन अनि हाम्रो बेइजत गर्छन्।
मैले घडि हेरें, अबेला हुनै लागिसकेछ। सायद उसले पनि बुझ्यो होला अनि भन्योः २ औंलाले हामिलाइ देखाउँदा ३ औंलाले आफैंलाइ देखाइरहेको हुन्छ। याद गर। नत्र अहिले सित्तैमा पाउने अक्सिजन निकै ठुलो मुल्यमा किन्नुपर्छ।
म उठेर हिँड्न लागें। यसो उतापट्टि फर्केर हेरें। CORONA महाशय त विलिन भइसक्नुभएछ।
साँच्चै, समस्या त हाम्रो आफ्नै व्यवहार पो रहेछ। हामि भने धतुरे प्राणि लाइ धारेहात लगाउँदै बस्ने।
Comments
Post a Comment