कथाः मैले डिभोर्स नदिएको भए हुन्थ्यो…
२०६५ साल मङ्सिर महिनाको १७ गते, मन अति हर्षित थियो। हामि बुढा बुढिले जसोतसो दुखसुखले एउटा पेट्रोल पम्प खोलेका थियौं। काठमान्डौको अलि बाहिरि भागमा भएपनि, पम्प राम्रै चलेको थियो। बुढाको १० वर्षको अनुभव र हाम्रो निरन्तर अथक प्रयासले सफलता निरन्तर हात परिरहेको थियो। आर्थिक लाभले गति लिँदै गर्दा हाम्रो छोरोलाइ बहिनि पनि प्राप्त भैसकेको थियो। यसै क्रममा हामिले सातदोबाटोमा अर्को पम्प खोल्यौं। अब त व्यापार चकाचक हुन थाल्यो। हाम्रो बैंक खाता भरिंदै गर्दा पक्कै पनि हामि निकै उत्साहित भएका थियौं। एउटा घर पहिल्यै जोडिएको थियो, अब गाडि, पम्प अनि छोरा छोरिलाइ राम्रो शिक्षादिक्षा पनि मिलिरहेको थियो। एकदिन श्रीमान अलि ढिला घर आउनुभयो। दिनभरिको खटाइले उहाँ थाकेर लखतरान देखिनुहुन्थ्यो। मैले फ्रिजबाट पानि निकालेर १ गिलास पानि दिएँ , एकै सासमा घट्क्याउनुभयो। उहाँको हाउभाउबाट प्रष्ट हुन्थ्यो कि उहाँ म सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ । सायद सकिरहनुभ एको थिएन। मैले सहज तरिकाले भनें , हजुर म सङ्ग केहि कुरा गर्न चाहनुहुन्छ हो ? ह...